सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डोटी जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्न एक करोड ५० लाख बजेट विनियोजन !!

डोटी – वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेको पहलमा जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ।

पछिल्लो समय कोरोना सङ्क्रमितलाई अक्सिजन अभावमा समस्या उत्पन्न भएपछि जिल्ला अस्पतालमा अक्सिजन पाइप लाइन तथा प्लान्ट स्थापनाका लागि अर्थ मन्त्रालयले एक करोड ५० लाख बजेट विनियोजन गरेको उनका स्वकीय सचिव हेमन्त रेग्मीले बताए।

Sana Kishan

जिल्लामा अक्सिजन पाइप लाइन र प्लान्ट स्थापना भएपछि िउपचारमा सहज हुने जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट कृष्णराज जोशीले बताए।

World Link Ads
Mahakali Polytechnic

जिल्ला अस्पतालका परिवार नियोजन निरीक्षक सूर्य विष्टका अनुसार अक्सिजन प्लान्ट कम्तीमा पनि एक महिनामा स्थापना भइसक्ने छ। पछिल्लो समय जिल्लामा अक्सिजन नभएका कारण कोरोना सङ्क्रमितले अकालमै ज्यान गुमाएका थिए। (गोदावरी न्युज बाट सभार)

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.