सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

देशमा समृद्धि आओस अथवा नआओस।-धर्मानन्द भट्ट !!

देशमा समृद्धि आओस अथवा नआओस।

जनता मरे मरोस वा बहुलाए बहुलाओस।

 

सबैको ठेक्का सरकार कसरी लिन सक्छ

World Link Ads
Mahakali Polytechnic

कोहि खाए खाओस वा नखाए नखाओस।

 

अस्पतालमा अक्सिजन बिस्तारै पठाउँला,

आर्यघाटमा दाउराको कमि हुन नपाओस।

 

Sana Kishan

यो हामीले ल्याएको गणतन्त्र हो के गर्छौ,

फरक पर्दैन गाली गरोस नारा लगाओस।

 

बैसालु हात्ती जस्तै छ शासक मेरो देशको

कसले सुन्छ यहाँ कोहि रोओस कराओस।

 

उसले बोलाएको हो र के देशमा महामारी

किन चाहन्छौ मुर्खहरू उसले नै बचाओस।

-धर्मानन्द भट्ट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.