सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज देशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्ने !!

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्ने जानकारी दिएको छ । आज प्रदेश १ लगायतका पहाडी भू–भागमा बदली हुने छ ।

महाशाखाका अनुसार आज राति प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने छ ।

Sana Kishan

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण–पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । अहिले पहाडी भू–भागमा बदली भइरहेको छ ।

World Link Ads
Mahakali Polytechnic

भोलि देशभर बदली रही पहाडी भू–भागका केही स्थानमा वर्षा हुने छ । मंगलबार देशभर बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनीलगायत प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने छ । (unitykhabar बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.