सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धनगढीलाई हराउदै काठमाडौंले जित्यो नेपाल सुपर लिगको उपाधी !!

काठमाण्डौ – नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग ९एनएसएल० को उपाधि काठमाडौं रेजर्स एफसीले जितेको छ ।

शनिबार दशरथ रंगशालामा भएको फाइनलमा धनगढी एफसीलाई १–० गोलले हराउँदै काठमाडौंले पहिलो संस्करणको एनएसएलको उपाधि जितेको हो । काठमाडौंका लागि क्यामरुनी खेलाडी मेसोउके ओलोमोउले एक मात्र गोल गरे ।

यो जितपछि काठमाडौंले धनगढीसँग यसअघि बेहोरेको दुई हारको बदला समेत लिएको छ । यसअघि लिग चरणमा धनगढीले काठमाडौंलाई ३–० ले पराजित गरेको थियो भने पहिलो क्वालिफायरमा धनगढीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै काठमाडौंलाई २–१ ले हराएको थियो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

च्याम्पियन काठमाडौंले उपाधिसँगै नगद ३५ लाख पाएको छ भने धनगढीले १५ लाखमै चित्त बुझाएको छ ।

प्रतियोगिताका विधागत तर्फ उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकले नगद एक–एक लाख पाएका छन् ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा आयोजना गरेको प्रतियोगितामा सात टिमले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गरेका थिए । (गोदावरी न्युज बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.