सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

केदार बाबाको दर्शन गरि हेर्नुहोस् ०७८ जेष्ठ २ गते आइतबारको राशिफल,यी ३ राशिलाई आज धन लाभ !

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
अधिकारका लागि केही संघर्ष हुन सक्छ । आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । फजुल खर्च पनि बढ्नेछ । मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मान सम्मान समेत प्रप्त हुने समय छ । सहयोगीहरू जुट्नाले उत्साह जाग्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिनुका साथै भैपरी आउने समस्या सुल्झाउन सकिनेछ । आश मारेको कामले उत्साह जगाउनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । खर्च बढ्नेछ । परिस्थितिसँग सम्झौता गर्नुपरेपनि प्रतिष्ठा जोगाउन सफल भइनेछ ।

World Link Ads
Mahakali Polytechnic

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आयआर्जनका स्रोत बढ्नेछन् । दैनिक काममा पनि राम्रै फाइदा हुनेछ । चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ । काममा अवरोध आउन सक्छ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ ।

Dirghayu Ads

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । कामका सहयोगीहरू पछि हट्नेछन् भने प्रतिस्पर्धीहरूले सताउन सक्छन् । आफ्ना योजनाहरू गोप्य राख्नुहोला । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला । पढाइ लेखाइमा समय दिन नसकिएला । व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला ।

Sana Kishan

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त हुनेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुख पाइनेछ । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ । बेसुरमा बचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ । आयआर्जन पनि राम्रै हुनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । अरूको मात्र भर पर्नाले आफ्नो महत्वाकांक्षा पूरा नहुन सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ । बोलीको भरमा महत्वपूर्ण काम सम्पादन हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
छर छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारी साथ काम लिनुहोला । अर्थ अभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनु पर्ने हुन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरेपनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन् । समयमा हिम्मत गर्न नसक्दा पछि परिनेछ । पुरानो समस्या दोहोरिनाले अलि अप्ठ्यारोमा परिएला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन् । तथापि मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ । काम बिग्रने डरले सताइरहनेछ । प्रयत्न गर्दा पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ

 

(gnewsnepal.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.