सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कोरोना भाईरस बिरामीका लागि घातक बनिरहेको छ ‘ब्ल्याक फंगस’ संक्रमण : लक्षण र बच्ने तरिका के ?

एजेन्सी-   मुम्बईमा बस्ने आँखाका सर्जन डाक्टर अक्षय नायर शनिबार बिहान २५ वर्षकी महिलाको शल्यक्रिया गर्न प्रतीक्षा गरिरहेका थिए ।

जुन महिलाको शल्यक्रिया गर्नुपर्ने थियो उनी तीन हप्ता अघि कोभिड–१९ संक्रमणबाट निको भइसकेकी छिन् र उनी मधुमेहद्वारा पीडित छिन् ।

यो शल्यक्रियामा डाक्टर अक्षय नायरसँग नाक, कान, घाँटी (इनटी) का विशेषज्ञ पनि संलग्न थिए ।

World Link Ads
Mahakali Polytechnic

इएनटी डाक्टरले महिलाको नाकमा एउटा ट्युब राखे र म्यूकरमायकोसिस (ब्ल्याक फंगस) द्वारा संक्रमित तन्तुलाई हटाउन थाले । यो खतरनाक संक्रमण नाक, आँखा र कहिलेकाँही दिमागमा पनि फैलिने गर्छ ।

Dirghayu Ads

इएनटी डाक्टरको काम पूरा भएपछि डाक्टर नायरलाई बिरामीको आँखा निकाल्नका लागि तीन घण्टाको शल्यक्रिया गर्नुप¥यो ।

डाक्टरले भने, ‘महिलाको ज्यान बचाउनका लागि मैले उनको आँखा निकाल्नुपरेको हो । संक्रमण फैलनबाट रोकनका लागि यही एउटा तरिका हो ।’

भारतमा जहाँ कोरोनाभाइरसको दोस्रो लहर घातक भइरहेको छ भने कोभिड–१९ बाट निको भइसकेका मानिसहरुमा अर्को एउटा संक्रमण देखिएको छ ।

डाक्टरका अनुसार यस्ता थुप्रै बिरामी देखिएका छन् जसलाई ‘कालो फंगस’ को संक्रमण भएको छ । यो संक्रमणलाई म्यूकरमायकोसिस भनिन्छ र यसले कोरोनाभाइरसबाट निको भइरहेका र निको भइसकेका बिरामीलाई आफ्नो चपेटामा पारिरहेको छ ।

म्यूकरमायकोसिस के हो ?

म्यूकरमायकोसिस एउटा निकै दुर्लभ संक्रमण हो । यो म्यूकर फंगसका कारण हुन्छ जुन साधारणतया माटो, बोटबिरुवा, मल, कुहिएका फल र सागसब्जीमा पाइने गर्छ ।

डाक्टर नायर भन्छन्, ‘यो फंगस जताततै हुन्छ । माटोमा र हावामा । यहाँसम्म की स्वस्थ व्यक्तिको नाक र खकारमा पनि यो फंगस पाइन्छ ।’

यो फंगसले साइनस, दिमाग र फोक्सोलाई प्रभावित गर्छ र मधुमेहका बिरामी वा असाध्यै कमजोर रोग प्रतिरोधी क्षमता भएका मानिसहरु जस्तै क्यान्सर वा एचआइभी÷एड्सका बिरामीमा यो घातक पनि हुनसक्छ ।

म्यूकरमायकोसिसमा मृत्युदर ५० प्रतिशतसम्म हुन्छ । डाक्टरका अनुसार कोभिड–१९ का गम्भीर बिरामीलाई बचाउनका लागि स्टेरोइड्सको प्रयोगबाट यो संक्रमण सुरु भइरहेको छ ।

स्टेरोइड्सको प्रयोगले कोभिड–१९ मा फोक्सो सुन्निन कम गर्न सकिन्छ र जब शरीरको रोग प्रतिरोधी प्रणाली (इम्यून सिस्टम) कोरोनाभाइरससँग लड्नका लागि अति सक्रिय हुन्छ तब त्यतिबेला शरीरलाई कुनै हानी हुनबाट रोक्न मद्दत गर्छ ।

तर यसले प्रतिरोधी क्षमता कम गर्छ र मधुमेह वा मधुमेह नभएका बिरामीमा सुगरको स्तर बढाउने गर्छ । यस्तोमा प्रतिरोधी क्षमता कमजोर हुने भएकोले म्यूकरमायकोसिस संक्रमण भइरहेको मानिएको छ ।

डाक्टर नायर भन्छन्, ‘मधुमेहले शरीरको रोग प्रतिरोधी तन्त्रलाई कमजोर गर्छ । कोरोना भाइरसले यसलाई तीब्र रुपमा काम गर्नका लागि बाध्य पारिदिन्छ र त्यतिबेला कोभिड–१९ को उपचारमा मद्दत गर्ने स्टेरोइड्सले आगोमा घ्यू थपिदिने काम गर्छ । ’

बढ्यो बिरामीको संख्याः

मुम्बईका तीन अस्पतालमा काम गर्ने डाक्टर नायरले आफूले अप्रिलमा म्यूकरमायकोसिसका ४० बिरामी देखिसकेको बताए । उनका अनुसार तीमध्ये धेरैलाई मधुमेह थियो र उनीहरु घरमा नै बसेर कोभिड–१९ बाट निको भएका थिए । यीमध्ये ११ बिरामीको ज्यान बचाउनका लागि उनले उनीहरुको एउटा आँखा निकाल्नुपर्७शधव;यो ।

डिसेम्बर र फेब्रुअरीबीच उनका ६ सहकर्मीले पाँच शहर मुम्बई, बैंगलोर, हैदराबाद, दिल्ली र पुणेमा यस्तो ५८ मामिला देखेका छन् । धेरैजसो बिरामीमा कोभिड–१९ बाट निको भएको १२ देखि १५ दिनपछि म्यूकरमायकोसिस संक्रमण सुरु भयो ।

मुम्बईको सायन अस्पतालमा इएनटी विभागकी प्रमुख डाकटर रेणुका बरादू भन्छिन्, ‘अस्पतालमा पछिल्लो दुई महिनामा म्यूकरमायकोसिसका २४ मामिला आएका छन् जबकी हरेक वर्ष यस्तो औसतमा ६ मामिला आउँथे ।’

यीमध्ये ११ बिरामीले आफ्नो एउटा आँखा गुमाउनु प¥यो र ६ बिरामीको ज्यान गयो । यीमध्ये धेरैजसो मध्यम आयु वर्गका थिए र मधुमेहका बिरामी थिए । उनीहरुलाई कोभिड–१९ बाट निको भएको दुई हप्तापछि म्यूकरमायकोसिस भएको थियो ।

डाक्टर रेणुका भन्छिन्, ‘हामीले हरेक हप्ता म्यूकरमायकोसिसका दुई वा तीन मामिला भेटिरहेका छौं । यो महामारी बीचको एउटा नराम्रो सपना जस्तो हो ।’

यस्तै, दक्षिण भारतीय शहर बेंगलुरुमा आँखाका डाक्टर रघुराज हेगडे पनि यस्तै कहानी बताउँछन् । उनले पनि अघिल्लो दुई हप्तामा म्यूकरमायकोसिसका १९ मामिला देखिसकेका छन् । यीमध्ये धेरैजसो बिरामी नौजवान छन् ।

डाक्टर भन्छन्, ‘केही त यति बिरामी थिए कि उनीहरुको शल्यक्रिया पनि गर्न सकिने अवस्था थिएन ।’

डाक्टरका अनुसार उनीहरु कोरोनाको पहिलो लहरको तुलनामा दोस्रो लहरमा यो फंगल इन्फेक्सनको गम्भीरता र मामिला देखेर हैरान छन् ।

यस्तै, डाक्टर हेगडेसँग पछिल्लो एक दशकमा हरेक वर्ष म्यूकरमायकोसिसको एक वा दुईजना बिरामीभन्दा बढी भेटिएका छैनन् ।

Sana Kishan

म्यूकरमायकोसिसका लक्षणः

म्यूकरमायकोसिसमा यस्ता लक्षण देखिन्छ – नाक बन्द हुनु, नाकबाट रगत वा कालो तरल पदार्थ निस्कनु, आँखा सुन्निनु र दुख्नु, परेला झर्नु, धमिलो देखिनु र आखिरमा अन्धो । बिरामीको नाक वरिपरि कालो धब्बा पनि हुनसक्छ ।

डाक्टरका अनुसार धेरैजसो बिरामी उनीहरु भएठाउँ धेरै ढिला आउँछन्, त्यतिबेला सम्म यो संक्रमण घातक भइसकेको छ र उनीहरुको आँखाको ज्योति गुमिसकेको हुन्छ । यस्तोमा डाक्टरलाई संक्रमणको दिमागसम्म पुग्नबाट रोक्नका लागि उनीहरुको आँखा निकाल्नुपर्ने हुन्छ ।

केही मामिलामा बिरामीको दुबै आँखाको ज्योति गुम्ने गर्छ । केही दुर्लभ मामिलामा डाक्टरले बिरामीको बंगारा पनि निकाल्नुपर्ने हुनसक्छ, संक्रमणलाई थप फैलनबाट रोक्न सकिन्छ ।

यसको उपचारका लागि एन्टी फंगल इन्जेक्सनको आवश्यक हुन्छ जसको एक खुराकको मूल्य ३५०० भारु छ । यो इन्जेक्सन आठ हप्तासम्म हरेक दिन दिनुपर्छ । यो इन्जेक्सन नै यो रोगको एउटा मात्रै औषधी हो ।

मुम्बई आधारित डायबेटोलोजिस्ट डाक्टर राहुल बक्सी भन्छन्, ‘म्यूकरमायकोसिस संक्रमणबाट बच्नका लागि कोभिड–१९ को उपचार गराइरहेका वा निको भइसकेका बिरामीलाई स्टेरोइड्सको सही खुराक सही अविधिका लागि दिनुपर्ने हुन्छ ।’

उनका अनुसार उनले अघिल्लो वर्ष कोरोनाभाइरसका ८ सय मधुमेहद्वारा ग्रसित बिरामीको उपचार गराएका थिए र तीमध्ये कसैलाई पनि म्यूकरमायकोसिस भएको थिएन । बिरामी डिस्चार्ज भएपछि डाक्टरहरुले उनीहरुको सुगर लेभललाई ध्यानमा राख्नुपर्ने उनले बताए ।

युवा पनि संक्रमितः

एक वरिष्ठ सरकारी अधिकारीका अनुसार यो संक्रमणको कुनै ࡕ‘ठूलो प्रकोप’ त छैन । यद्यपि, भारतभरी म्यूकरमायकोसिस यति धेरै किन भेटिइरहेको छ भन्न मुश्किल भइरहेको उनले बताएका छन् ।

डाक्टर हेगडे भन्छन्, ‘कोरोनाभाइरसको स्ट्रेन निकै संक्रामक छ जसले ब्लड सुगरलाई बढाएर अत्यधिक पारिदिन्छ । अचम्मको कुरा त के छ भने युवामा पनि यो म्यूकरमायकोसिस संक्रमण अत्यधिक पाइएको छ । ’

डाक्टर हेगडे भएठाउँ म्यूकरमायकोसिसको उपचार गराउनका लागि आएका सबैभन्दा युवा बिरामी २७ वर्षका थिए । उनलाई मधुमेह थिएन । डाक्टर हेगडे भन्छन्, ‘उनको कोरोना संक्रमणको दोस्रो हप्तामा नै हामीले उनको एउटा आँखा निकाल्नु प¥यो । यो निकै भयानक हो ।’

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसीएमआर) ले म्यूकरमायकोसिसको परीक्षण र उपचारका लागि एडभाइजरी जारी गर्दै यसलाई नजरअन्दाज गर्ने हो भने यो घातक पनि हुनसक्ने जानकारी दिएको छ ।

एडभाइजरीमा बताइए अनुसार यो एक प्रकारको फंगस हो जसले ती मानिसहरुलाई हमला गर्छ जो कुनै स्वास्थ्य समस्याका कारण औषधी लिइरहेका छन् र यसकारण रोगसँग लड्नका लागि उनीहरुको शरीरको रोग प्रतिरोधी शक्ति कम भएको होस् ।

म्यूकरमायकोसिसको लक्षणः

व्यक्तिको आँखा र नाक दुख्नु, त्यस वरिपरि रातो हुनु, ज्वरो, टाउको दुख्ने, खोकी र सास फेर्न समस्या आउन सक्छ । संक्रमित व्यक्तिले रगत बान्ता पनि गर्न सक्छन् ।

बच्ने उपायः

आइसीएमआरको एडभाइजरीका अनुसार यसबाट बच्नका लागि धुँवा धुलो भएको स्थानमा जानुअघि मास्क लगाउने, जुत्ता र शरीरलाई पूर्ण रुपमा ढाक्ने कपडा लगाउने, माटो वा मलको काम गर्नुअघि हातमा पञ्जा लगाउने र व्यक्तिगत स्वच्छता कायम गर्ने ।

म्यूकरमायकोसिसद्वारा कस्ता व्यक्ति संक्रमित हुन्छन् ?

आइसीएमआरका अनुसार जसको अनियन्त्रित मधुमेह (शरीरमामा आवश्यकताभन्दा बढी इन्सुलिन बन्न सक्दैन) छ, स्टेरोइड लिएका कारण जसको रोग प्रतिरोधी क्षमता कमजोर भएको छ, जो धेरै समयसमम आइसीयूमा बसिरहेका छन्, जसको ट्रान्सप्लान्ट भएको छ ।

म्यूकरमायकोसिस भए नभएको कसरी थाहा पाउने ?

यो फंगसद्वारा संक्रमित हुँदा व्यक्तिलाई पिनासको समस्या हुनेछ जस्तै कि नाक बन्द हुनु, नाकबाट कालो रङको पानी वा रगत आउनु, बंगारा दुख्नु ।

साथै आधा अनुहारमा केही महसुस नहुनु, आधा अनुहार सुन्निनु, दाँत दुख्नु र दाँत झर्नुजस्ता समस्या पनि देखिन सक्छ । यसबाहेक ज्वरो, पीडा, छालामा बिमिरा, आँखा धमिलो देख्नु वा दुई–दुईवटा वस्तु देखिन पनि सक्छ । छाती दुख्दा सास फेर्न समस्या पनि हुनसक्छ ।

संक्रमित हुँदा के गर्ने ?

आइसीएमआरका अनुसार यदि कोही म्यूकरमायकोसिस संक्रमित भएको खण्डमा उनीहरुले सबैभन्दा पहिला आफ्नो ब्लड सुष्र लेभललाई नियन्त्रण गर्ने कोसिस गर्नुपर्छ र यदि कोही व्यक्ति कोभिड–१९ बाट निको भएका छन् भने पनि लगातार बलड सुगरको जाँच गरिरहनुपर्छ ।

अक्सिजन लिइरहनुभएको छ भने ह्यूमिडिफायरका लागि सफा पानी (स्टेराइल वाटर) को प्रयोग गर्नुहोस् । एन्टिबायोटिक्स, एन्टिफंगल औषधी र स्टेरोइडको प्रयोग डाक्टरको सल्लाह बिना नगर्नुहोस् ।

(रातोपाटीबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.