सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दशरथचन्द नगरपालिका वार्ड नं १ मा २० बेडको आइसोलेसन निर्माण गरियो !!

मनोज प्रसाद भट्ट, बैतडी– बैतडीको दशरथचन्द नगरपालिका वडा नं ०१ मा आइसोलेसन निर्माण गरिएको छ ।

वडा नं ०१ मडिलेमाडौँ स्थित नेपाल आधारभुत बिद्यालयमा २० बेडको आइसोलेसन सेन्टर निर्माण गरिएको वडा अध्यक्ष भुवनराज भट्टले जानकारी दिनुभयो ।

World Link Ads
Mahakali Polytechnic

 

Dirghayu Ads

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाले सबै वडामा संस्थागत आइसोलेसन निर्माण गर्ने निर्णय गरेकाले सोहि निर्णय अनुसार वडा नं ०१ मा पनि आइसोलेसन निर्माण गरिएको अध्यक्ष भट्टले बताउनुभयो ।

Sana Kishan

नयाँ थपिने संकमितहरुका लागि अहिले २० बेडको आइसोलेसन निर्माण गरिएको र अवस्था हेरेर बेड थप गरिने उहाँको भनाई छ ।

दशरथचन्द नगरपालिकामा कोरोनाका संक्रमित बढ्दै गएपछि वडा वडामा आइसोलेसन बनाउने निर्णय भएको थियो । दशरथचन्द नगरपालिका वडा नं ०१ मा अहिले १२ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

दोस्रोलहरको कोरोना फैलिएयता वडा नं ०१ का १७ जनामा कोरोना संक्रमण देखिएकोमा ५ जनाले कोरोना जितिसकेका छन् भने अहिले १२ कोरोनाका सक्रिय संक्रमित रहेका छन।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.