सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कसैले काका भन्छन् कसैले बा भन्छन् अचम्म छ

कसैले काका भन्छन् कसैले बा भन्छन् अचम्म छ।
आफैलाई गाली गर्दा पनि आहा भन्छम् अचम्म छ।

तलका भुराहरू देख्दा उनै पण्डितको याद आउँछ,
एउटाले मन्त्र भन्छ अरुले स्वाहा भन्छन् अचम्म छ।

कुलङ्गार नै किन नहोस् आफ्नो भन्या आफ्नै हुन्छ,
गजबको सन्तान जन्मायौ आमा भन्छन् अचम्म छ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

भडाको बुद्धिले बाँचेका छौ बिरोध गर्छौ पो कसरी,
कहिले नखा भन्छन् कहिले खा भन्छन् अचम्म छ।

Dirghayu Ads

विधि भन्छन् पद्धति भन्छन् मान्छे उराल्छन् यसरी,
अन्तिमा आएर खै त मेरो हिस्सा भन्छन् अचम्म छ।

जति सुकै भजन गर भगवान् बन्न सक्दैनौ ए भक्त!
सबैले भित्री मनको कुरा त कहाँ भन्छन् अचम्म छ।
२०८८/०१/३० महेन्द्रनगर

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.