सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिमको कला, संस्कृति तथा मौलिकतालाई जोगाउनमा सक्रिय कलौनी

सुदूरपश्चिमको कला, साहित्य, संस्कृति तथा मौलिकतालाई जोगाउन लामो समयदेखि गीत संगीत तथा अन्य कलात्मक सामग्रीहरुलाई जीवन्त राख्दै आफ्नो पहिचान बनाउन सफल एक युवा हुन प्रकाश कलौनी । पछिल्लो पिँढी आधुनिकतातर्फ ढल्किरहेका बेला सुदूरपश्चिमको मौलिकता लोप हुन लागेको भन्दै कलौनी यसतर्फ सक्रिय भएका छन ।

मान्छेको पहिचान उसको देश,कला र संस्कृति संग जोडीएको हुन्छ । जब सम्म देश,कला तथा संस्कृति रहन्छ तब सम्म उस्को पहिचान रहन्छ । तर पछिल्लो समय हामी आफ्नोे कला तथा संस्कृति बिर्सेर बिदेशी कला संस्कृतिमा रमाउने गरेका छौ ।

World Link Ads
Mahakali Polytechnic

नेपालका हजारौँ कला संस्कृतिहरु मध्य एक हो सुदूरपश्चिमको कला संस्कृति । नेपालको सुदूरपश्चिम प्रदेशको आफ्नै कला,संस्कृति, भाषा रहेको छ । नेपालको अन्य संस्कृतिहरु जस्तै सुदूरपश्चिमको कला संस्कृति पनि लोप हुने अवस्थामा छन् । तर नेपाल तथा सुदूरपश्चिमको कला संस्कृतिलाई माया गर्ने एक युवा सुदूरको कला जगेर्ना गर्न निरन्तर लागि परेका छन् । बैतडि जिल्लाको शिबनाथ गाउँपालीका–२ शर्माली तल्लो स्वराडमा बुवा भानदेव कलौनी र आमा कमला देवी कलौनीका जेठा छोरा रुपमा वि.सं. २०५० सालमा जन्मेका प्रकाश कलौनीले आफ्नो औपचारीक शिक्षा गाउँमै गरे ।

 

Dirghayu Ads
Sana Kishan

सानैबाट कलासंस्कृतिलाई माया तथा समाज सेवा गर्ने स्वभावका कलौनी माध्यमिक शिक्षाका लागी कञ्चनपुर पुग्ये । माध्यमीक शिक्षाका क्रममा पनि कलौनी कञ्चनपुरको जागृती बाल कलवको अध्यक्ष रहि सामाजिक कार्य तथा आफ्नो कला संस्कृति जगेर्नामा निरन्तर लागिरहे । माध्यमिक शिक्षा सकिएपछि उच्च शिक्षाका लागी काठमाण्डौँ पुगेका कलौनीले जब सुदूरपश्चिमको गौरा पर्व काठमाण्डौको टुडीखेलमा देखे उनी अचम्ममा परे । उनले काठमाण्डौको टुडिखेलमा देखेको गौरा पर्व आफ्नो गाउँको गौरा भन्दा फरक देखेका थिए ।

कलौनी सम्झैदै भन्छन् ‘मैले काठमाण्डौको टुडिखेलमा देखेको गौरामा केही फरकपन जस्तो थियो ।’ ‘त्यसपछि मलाई सुदूरको कला संस्कृति जगेर्ना गर्न अझ केही गर्नु पर्छ भन्ने सोच आयो र यो क्षेत्रमा काम गर्न थाले । कलौनीले सुदूरपश्चिमको कला संस्कृति जगेर्ना तथा प्रचार प्रसार गर्ने उद्देश्यले एउटा सुदुर खबर वान नामक युटुव च्यानल निर्माण गरेका छन । जसमार्फत विभिन्न सामग्रीहरु सम्प्रेषण गर्दै आएका छन । उनले सुदूरपश्चिका कला संस्कृति, भाषा, भूगोललाई समेटेर गीत निर्माण गरी च्यानलमा अपलोड गरी सुदूरको संस्कृति संम्बन्धी सबैलाई चेतना दिन थालेका छन ।

उनले हाल सम्म ‘ गाडी गुडी स्वराडमा, शर्माली क्याम्पस गेट, बैतडी कि बसन्ती लाल साडीमा, डोलीमा निक्करी बसेइ, का छै मेरी पृयसी ’ लगायतका बहुचर्चित डेउडा गीत निर्माण गरी अपलोड गरीसकेका छन् । त्यस्तै उनले संस्कृति जगेर्ना गर्ने उद्देश्यले आफ्नो च्यानलमा सुदूरका फाग, सगुन, ठाडीभाका, छलिया, हुड्केउली, गौरा, डेउडा खेलहरु पनि च्यानलमा अपलोड गर्दै सुदूरका संस्कृतिबारे ज्ञान दिदै आएका छन् ।

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.