सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

माफ गर्नुस आमा विभेद अन्त्य भएको तस्वीर देखाउला ।

दिपकराज भट्ट (दिपु), डडेल्धुरा – आमा,मा ,माता जसले सन्तान लाई जन्म मात्र दिने गर्दैनन् । संसारमा कोहि स्वार्थि छैन भने त्यो शब्द हो ञआमाझ, आमाले हरेक सन्तानका लागि आफु भन्दा बढि उसलाई ख्याल गरेको हुन्छ । एउटि आमा जब गर्भवती हुन्छिन तब उनको मनमा सोच पलाई सक्को हुन्छ कि म मेरो सन्तान लाई कसरी राम्रो बनाउ र उसले मेरो नाम कसरी राख्ने भनेर ? हरेक आमाले भुर्ण देखि आमाको आफ्नो सास रहदा सम्म सन्तानको ख्याल गर्नु हुन्छ , आफुले नखाएर , नलाएर ,नदेखेर सन्तानलाई खुवाउने ,लगाउने,देखाउने गर्नुहुन्छ । सन्सारको एक शुद्व शब्द हो ञआमाझ
आज आमाको मुख हेर्ने दिन( औंसि)
आमा हरेक सन्तानले हरेक आमाको मुख सधै हेरोस , आज फेसबुकमा ( सामाजिक संञ्जालमा ) राखिएका हरेका आमालाई बृद्धअबश्था मा बृद्धआश्रममा देख्नु नपरोस यहि छ मेरो आमाको मुख हेर्ने दिनको सबै सन्तानमा शुभकामना । आमाले सन्तानका लागि राम्रो नै सोच्नुहुन्छ यो जरुरि छ कि हरेक सन्तानले आमा लाई आमाको जसरि नै माया , सम्मान र सद्भाव राखोस
सामाजिक संञ्जालमा राखिएका ती खसिला मुहारमा सधै हासो मिलोस यनकि खोजि खोजि फोटो हाल्नु नपरोस हरेक सन्तानले आमा लाई दिलमा राखुन !

छोरा भए खसी छोरि भए फर्सी भन्ने समाजमा आज आमाहरुका तस्वीर देख्दा लाग्छ कि केही चेतना बढ्यो कि ! छोरि छोरा प्रति हेर्ने नजर एक हुन लाग्यो कि ? हो यो समउमा पनि छोरिछोरा प्रति विभेद गर्नु नै अपराध हो यस्तो सोच हुनेले आमाका तस्वीर पोस्ट्याउनुले कुनै धर्म निभाउदैन् केवल त्यो देखावटी हुनेछ ।

Sana Kishan

दियो बल्न नपाउदै निभाई दिने समाजले कहिले बुझ्ला यी कलिली आमाको महत्त्व जब भुर्ण परिक्षण गरिन्छ डाक्टरले रिपोर्ट दिदा त भन्छन् बधाई छ तपाईंको गर्भमा छारि छिन् आमा लाई श्रिमान , घरकाका अभिभावक , समाजको प्रश्न हुन्छ ? के छ तेरो गर्भमा आमा खुशि हुदै भन्नुहुन्छ छोरि छ । एकाएर निरास जनक मुख देखाउदै सबै जना टाडिनुको पीडा केवल त्यि आमा लाई मात्र थाहा हुन्छ।
आमाले चाहाने घर समाजले नचाहाने बाध्यता रहेको समाजका नागरिक हौं हामी अनि आमा यस्तो समाजमा जन्मेको म तपाईंको छोराले हजुरको तस्वीर सामाजिक संञ्जालमा राख्न मलाई अपराध सरह लाग्यो ।

World Link Ads
Mahakali Polytechnic

आमा हजुर लाई यो मनमा राखेको छु , चाहान्छु छोरिछोराका विभेद अन्त्य भएको दिन आमाको तस्बिर सामाजिक संञ्जालमा राख्दा मेरो मनले शान्ति अनुभूति र आम प्रतिको सम्मान स्विकार गर्ने छ । सबै लाई आमाको मुख हेर्ने दिनको शुभकामना आमाको फोटो सामाजिक संञ्जालमा राख्नु अगाडि आत्माले संकलन गरौं कि छोरिछोरा प्रति कुनै विभेद गर्ने छैन र आमालाई मनमा राखि राख्ने छु । संसारका सबै आमा मा नमन आमाको मुख हेर्ने दिनको शुभकामना ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.