सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यस्ता गुण भएकी श्रीमती भए श्रीमान् बन्छन् संसारकै भाग्यमानी !!

भनिन्छ, श्रीमान् श्रीमती भनेको एक रथको दुई पाङ्ग्रा हुन्। एक बिना अर्काको सम्भव हुँदैन। विवाहपश्चात् जुन घरमा श्रीमतीले असल व्यवहार देखाएर कर्तव्य पुरा गर्न सक्छिन् उही संसारको असल श्रीमती एवं बुहारी ठानिन्छिन्।

जब श्रीमानको घरमा पाइला टेकिसके पश्चात् जुन घर सञ्चालन गर्नको लागि सबैभन्दा ठुलो भूमिका श्रीमती अर्थात् महिलाको हुन्छ।

यदि महिला नै गलत बाटोमा हिँड्यो भने त्यो घर परिवार स्वतः बिग्रिन्छ। जस कारण यस्ता गुण भएका श्रीमती भएमा जीवन सरल र सहज रूपमा अगाडि बढाउन सकिन्छ।

World Link Ads
Mahakali Polytechnic

मीठो बोलीः विभिन्न अध्ययनका अनुसार महिलामा हुनुपर्ने एक महत्वपूर्ण गुण मिठो बोली हो। यदि तपाईँकी श्रीमती घरमा सबैसँग मिठो बोल्छिन् र व्यवहार गर्छिन् भने तपाईँ भाग्यामानी हुनुहुन्छ।

Dirghayu Ads
Sana Kishan

घर सम्हाल्न सक्नेः घरको काम जस्तैः खाना बनाउने, सरसफाई गर्ने, सजावट गर्ने, कपडा तथा भाडा सफा गर्ने, बच्चाको जिम्मेवारी निभाउने, घरमा आएका पाहुनाहरुलाई आदर, सम्मान गर्ने, कम खर्चमै घर चलाउन सक्ने गुण भएकी श्रीमती छिन् भने तपाईं आफूले आफूलाई भाग्यामानी सम्झिनुहोस्। त्यस्तै, श्रीमतीमा हुने यस्ता गुणले तपाईँको घरमा झगडा हुँदैन।

धर्मको पालनाः धर्मको पालना गर्नु भनेको एक अनुशासन हो। यदि तपाईँकी श्रीमती धर्मको पालना गर्छिन् अर्थात आस्थिक छिन् भने पनि मान्नुस् तपाईँ भाश्यमानी हुनुहुन्छ। आस्थिक श्रीमतीले आफ्नो श्रीमान र परिवारको हितमा काम गर्छिन्। उनले यस्तो काम गर्दिनन् जुन कामको कारण परिवारमा कलह होस् वा कसैलाई चित्त दुखोस्।

श्रीमानको कुरा मान्नेः यदि तपाईँको श्रीमतीले तपाईँको कुरा मान्छिन् भने पनि तपाईँ भाग्यामानी हुनुहुन्छ। त्यस्ती श्रीमतीलाई धर्म ग्रन्थहरुमा पतिव्रता मानिन्छ। पतिव्रता पत्नी सधैँ आफ्नो श्रीमानको सेवामा लाग्छिन्।

श्रीमतीले तपाईँको चित्त दुखाउने कुरा गर्दिनन्। आफ्नो श्रीमानलाई सधैँ प्रसन्न राख्ने प्रयास गर्ने श्रीमतीलाई श्रीमानको पनि त्यस्तै ब्यवहार हुने हुँदा उनीहरुको दाम्पत्य जीवन निकै सुखदायी बन्छ। (gnewsnepal बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.