सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीको टीकापुर अस्पतालमा उपचारका क्रममा थप ३ जनाको मृत्यु !!

टिकापुर – कैलालीको टीकापुर अस्पतालमा उपचारका क्रममा भर्खरै थप दुई पुरुषको ज्यान गएको छ । केहीवेर अघि एक महिलाको ज्यान गएको थियो । आज मात्रै अस्पतालमा ज्यान गुमाउनेको संख्या ८ पुग्यो । हिजो पनि अस्पतालमा छ जनाले ज्यान गुमाएका थिए ।

योसँगै अस्पतालमा मृत्यु हुनेको संख्या दुई दिन यता १४ पुगेको छ ।टीकापुर अस्पतालका अनुसार अहिले भर्खरै ज्यान गुमाउनेमा जोशीपुर गाउँपालिका वडा नं. १ का ५० वर्ष र जोशीपुर वडा नं. ५ का ६० वर्षीय पुरुष रहेका छन् । केहीवेर अघि टीकापुर नगरपालिका–१ की ४५ वर्षीया महिलाको ज्यान गएको थियो ।

Sana Kishan

योसँगै गएरातिदेखी अहिलेसम्म ज्यान जानेमा टीकापुर नगरपालिकाका ४, जानकी र बर्दगोरीया गाउँपालिकाका १÷१ जना रहेका छन । अस्पतालका मेसु डा. रेमकुमार राईका अनुसार टीकापुर नगरपालिका–१ का ५१ वर्षीया महिला, ७ का ६० वर्षीया महिला र ७ कै ६७ वर्षका पुरुषको ज्यान गएको छ ।

World Link Ads
Mahakali Polytechnic

त्यस्तै जानकी गाउँपालिका–१ का ५८ वर्षका पुरुष र बर्दगोरीया गाउँपालिका–४ का ४५ वर्षका पुरुषको समेत उपचारका क्रममा ज्यान गएको छ । दोस्रो चरणको कोरोना फैलिएपछि टीकापुर नगरपालिकामा हालसम्म २२ जनाको ज्यान गएको छ । (गोदावरी न्युज बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.