सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जिल्ला अस्पताल बैतडीमा अक्सिजनको हाहाकार !!

जिल्ला अस्पताल बैतडीमा अक्सिजनको हाहाकार भएको छ । अस्पतालमा कोभीडका बिरामीहरु बढ्दै गएपछि अक्सिजनको अभाव भएको जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिनुभयो । अहिले जिल्ला अस्पतालमा १० जना संक्रमितको अक्सिजन सपोर्टमा उपचार भईरहेको डा. जोशीले बताउनुभयो ।

जिल्ला अस्पतालमा अक्सिजन आवश्यक पर्ने बिरामीहरुलाई अब भर्ना गर्न नसकिने र रेफर गर्नुको विकल्प नभएको बताउनुभएको छ । अस्पतालमा भएका अक्सिजन सिलिण्डरहरु खाली भएका र अक्सिजन आपूर्ती हुन नसकेको डा. जोशीले बताउनुभयो ।

Sana Kishan

जिल्ला अस्पतालमा अक्सिजनको अभाव भएसंगै कोरोनाका बिरामीहरुलाई बाहिर रेफर गर्नुपरीरहेको डा. जोशीले बताउनुभयो । कसैसंग अक्सिजन सिलिण्डर भएमा अस्पताललाई उपलब्ध गराउन पनि उहाँले जानकारी दिनुभयो ।

World Link Ads
Mahakali Polytechnic

कोरोनाको दोश्रो लहर चलेपछि जिल्ला अस्पताल बैतडीमा अहिले सम्म ३१ जना उपचारका लागि भर्ना भएका छन् । ती मध्ये ९ जनाले कोरोना जितेका छन् भने ७ जनालाई अन्यत्र रेफर गरिएको छ । यस्तै जिल्ला अस्पतालमै कोरोनाका कारण दुईजनाको मृत्यु भईसकेको छ । (ninglashainionline बाट सभार)

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.