सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मातातिर्थ औसि भनेको के हो ?

नास्ति मातृसमा छाया नास्ति मातृसमा गतिः।
नास्ति मातृसमं त्राणं नास्ति मातृसमा प्रपा॥
देवराज उपाध्याय( पुरुष ) : प्रत्येक वर्ष आमाप्रति श्रद्धाभाव प्रकट गर्ने आज मातातीर्थ औंशी हो । आजका दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरी आमा भएको ठाउँमा गएर आफ्नो क्षमताअनुसार विभिन्न मिष्ठान्न खुवाउने र आमालाई विभिन्न उपहार दिने चलन छ । यो दिन आमा जीवित हुनेहरूले आमालाई मीठा मीठा परिकार बनाएर खुवाउने, लुगाफाटो तथा अन्य विविध उपहार दिएर कृतज्ञता जाहेर गर्ने गर्दछन् भने आमा नहुनेहरू भने यस दिन काठमाडौँं उपत्यकाको पश्चिमतर्फ रहेको मातातीर्थ गई दिवङ्गत आमाको सम्झना गर्ने गर्दछन् ।
सृष्टिको प्रारम्भदेखि नै मातृ शक्तिको अत्यन्त महत्व रहेको बताउने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतम मातातीर्थ औसी छोराछोरीले आमाको सम्झना एवम् सम्मान गर्ने दिन भएको बताउछन् । मातातीर्थ कुण्डमा स्नान गरेपछि सन्तानले आफ्नो आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन् ।
World Link Ads
Mahakali Polytechnic
उक्त कुण्डमा पवित्र मनका साथ हेर्दा आमाको स्वरूपको दर्शन पाइन्छ भन्ने जनविश्वास रहेको छ । त्यहाँ गएर दिवङ्गत आमाको सम्झना गरे छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने र आफ्नी आमालाई पनि मुक्त गराउन सक्ने धार्मिक मान्यता रहेको छ । त्यस्तै आमाले पनि आफ्ना सन्ताहरुलाई आमाले पनि यस दिन छोराछोरीलाई दिर्घायु, सुस्वास्थ्य र असल जीवनको कामना गर्दै आशिष दिन्छन् ।
साथै आमा नभएकाहरुले भने आजका दिन राजधानीदेखि १० किलोमिटर पश्चिम-दक्षिणमा थानकोटसँगै रहेको मातातीर्थ कुण्डमा पुगेर त्यहाँ स्नान गरि आफ्नी दिवंगत आमाको स्मरणमा तपर्ण र पिण्डदान तथा पुरोहितलाई सिदा दान र भोजन गराउँदै दिवङगत आमाको सम्झ्ना गर्ने प्रचलन रहेको छ । साथै त्यहाँसम्म पुग्न नसकेकाहरूले कुनै देव वा तीर्थस्थलमा आमाका नाममा ब्राह्मणलाई सिदा दान गर्ने परम्परा रहेको छ ।
Sana Kishan
स्वस्थानी व्रत कथाअनुसार यो तीर्थमा सतीदेवीको अङ्ग पतन भई मातुलेश्वर महादेवको उत्पत्ति भएको थियो । त्यसकारण पनि यस ठाउँमा आएर शास्त्रोक्त विधिपूर्वक गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने तथा उक्त कार्य गर्ने सन्तानले जीवनभर सुख सन्तोष पाउने विश्वास रहिआएको छ ।
Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.