सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलाली : गोदावरीवाट पठाएका स्बाव एक हप्तादेखी धनगढी प्रयोगशालामा थन्किए !!

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले कोरोना परीक्षणका लागि पठाएका स्वाबहरु एक हप्ता सम्म पनि परीक्षण हुन सकेको छैन ।

स्वास्थ्य शाखाले नगरक्षेत्र भित्रका कोरोनाका संकास्पद बिरामीहरुको स्वाब संकलनका लागि धनगढीमा रहेको सेती अस्पतालको प्रयोगशालामा पठाएको भएपनि २० गते यताका स्वाबहरु आज सम्म पनि परीक्षण हुन नसकेका हुन् ।

नगरपालिकाको आफ्नो प्रयोगशाला नहुदाँ स्वाब संकलन गरेर धमाधम धनगढी प्रयोगशालामा पठाउने गरेको भएपनि परीक्षणमा निकै ढिला सुस्ती हुदाँ स्वाब दिएका बिरामीहरु आक्रोशित भएका छन् । एक एक हप्ता हुदाँ सम्म पनि रिपोर्ट नअपाउदाँ आफुहरुमा झन मानसिक समस्या समस्या बढेको गोदावरी ११ का एक युवकले बताएका छन् ।

World Link Ads
Mahakali Polytechnic

गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिर बहादुर कुबरले आफुहरुले स्वाब संकलन गरेर परीक्षणका लागि पठाइदिने र पछि परीक्षण गर्ने काम प्रयोगशालाको रहेको बताए ।

Dirghayu Ads
Sana Kishan

उनले प्रयोगशालामा पनि क्षमताभन्दा बढी स्वाबहरु भएकाले परीक्षणमा ढिलाई भएको भन्ने कुरा आएको बताए । प्रयोगशालावाट क्षमता भन्दा बढी स्वाबहरु भएकाले केही दिन नपठाउन भन्दा २ दिनका लागि स्बाव संकलन गर्ने कार्य बन्द गरिएको उनले बताए ।

हिजो र आज गरेर दुई दिनलाई नगरपालिकाले स्वाब संकलन गर्ने कार्य बन्द गरेको छ ।

कोरोना परीक्षणका लागि कैलाली जिल्लाका सबै स्थानिय तह सहित प्रदेशका बिभिन्न जिल्लावाट धनगढीमा रहेको एक मात्रै प्रयोगशाला एकै पटक धेरै स्वाबहरु पठाइदा परीक्षणमा ढिलाई भैरहेको प्रयोगशाला ईञ्चार्ज रमेश शाहीले बताएका छन् । (गोदावरी न्युज बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.