कञ्चनपुर ,
नेकपा माओवादी केन्द्र अखिल क्रान्तिकारीले कञ्चनपुरका सरकारी कार्यालयका सवारी साधनलाई वैकल्पिक एम्बुलेन्सका रुपमा प्रयोग गर्न माग अघि सारेको छ । दोस्रो चरणमा कोराना भयाभहका रुपमा बढिरहेका बेला जताततै संक्रमणका कारण एम्बुलेन्स अभाव हुन नदिन सरकारी कार्यालयका सम्पूर्ण सवारी साधनलाई वैकल्पिक एम्बुलेन्स बनाउन माग अघि सारेको हो ।
अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव किशोर भट्टले शनिबार अखिल क्रान्तिकारी कञ्चनपुरको जुम बैठकबाट बढ्दै गएको महामारी परास्त गर्नका लागि जिल्लामा वैकल्पिक एम्बुलेन्स तयारी अवस्थामा राख्नुपर्ने लगायत कोरोना महामारी नियन्त्रणका लागि सरकार कदम आवश्यक रहेको ठहर गरेको बताए ।
सचिव भट्टका अनुसार कोरोना महामारी रोकथामका लागि सरकार पूर्व तयारी नहुँदा भयाभह अवस्था आईरहेकाले यस्तो महामारीका बेला मानवियक रुपमा सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो पहल गर्नुपर्नेमा जोडदिएका थिए । क्रान्तिकारीले जुम बैठकपछि एक प्रेस विज्ञप्ती जारी गर्दै जिल्लामा अक्सिजन, एम्बुलेन्स एव प्रर्याप्त स्वाथ्य समाग्री भएकोप्रति चिन्ता व्यक्त गरेको छ ।
क्रान्तिकारीले जिल्लाभरीका सम्पूर्ण सरकारी कार्यालय, स्थानीय तहका सवारी साधनलाई वैकल्पिक एम्बुलेन्सका रुपमा २४सै घण्टा तयारी राख्न प्रमुख जिल्ला अधिकारीलाईसंग अनुरोध गरेको छ ।क्रान्तिकारीले एक वडा एक सहजिकरण समिति गठन गरेर जनताको जिउधनको सुरक्षमा खटिन सुझाव दिएको छ ।
यतिमात्र नभई क्रान्तिकारीले चालु बर्षको विकास बजेटलाई कोरोना कोषमा राख्दै सबै जनताको जिउधनको सुरक्षाको माग अघि सारेको छ । अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव किशोर भट्ट र अध्यक्ष बिरेन्द्रराज विष्टले हस्ताक्षर गरेको विज्ञप्तीमा कोरोना बिरुद्धमा क्रान्तिकारी विजय हुने विश्वास व्यक्त गर्दै धैर्यताका साथ उच्च मनोबल राख्न आब्हान गरिएको छ । क्रान्तिकारीले दोस्रंो चरणको कोरोना महामारीको चपेटामा परेका विद्यार्थीको उद्दार कार्य जारी राखेको छ ।
यस अघि पनि क्रान्तिकारी कञ्चनपुरले भारतमा कोरोना देखिएलगत्तै नेपालमा समेत पूर्व तयारी एव स्वास्थ्य स्रोत साधनको जोहो गर्न सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो । विकास सिह महताले सुदुर दर्पणमा लेखेका छन ।