सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कांग्रेस संसदीय दलको बैठक : प्रधानमन्‍त्री ओलीलाई विश्वासको मत नदिने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने भएको छ। शनिबार नयाँ बानेश्वरस्थित संसद्‍को ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो।

सांसद डिला संग्रौलाका अनुसार आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने केन्द्रीय समितिको निर्णयलाई अनुमोदन गर्दै बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो।

‘कांग्रेस केन्द्रीय समिति बैठकले कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने विषयमा गरेको निर्णयलाई अनुमोदन गरेको छ’, सांसद संग्रौलाले भनिन्, ‘यो अनुमोदनसँगै वैशाख २७ गते संसद्‍को विशेष अधिवेशनमा प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ।’

World Link Ads
Health Notice Kanchanpur
Sana Kishan

बैठकले अन्य दललाईसमेत प्रधानमन्त्रीलाई विश्वासको मत नदिन आह्वान गर्ने निर्णय गरेको उनको भनाइ छ।

सांसद संग्रौलाका अनुसार संवैधानिक परिषद् बैठक बहिष्कार गर्ने निर्णयसमेत बैठकले गरेको छ। त्यसैगरी बैठकले कोरोना महामारीमा जनताले उपचार नपाएको प्रति आपत्ति जनाउँदै महामारी नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको छ।

वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको विशेष अधिवेशन आह्वान गरेको पूर्वसन्ध्यामा कांग्रेस संसदीय दलको बैठक बसेको हो। (annapurnapost बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.