सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हावाको माध्यमबाट पनि कोरोना सङ्क्रमण हुन सक्छ : सीडीसी

काठमाण्डौ – अमेरिकाको स्वास्थ्य सम्बन्धी नियामक निकायले हावाको माध्यमबाट पनि कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने सम्भावना रहेको जनाएको छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले हावाको माध्यमबाट पनि भाइरस सर्ने सम्भावना रहेको बताएको हो । स्वास फेर्ने क्रममा हावामा रहेका कोरोना भाइरसयुक्त कणहरुका कारण सङ्क्रमण फैलिन सक्ने सीडीसीको निर्देशिकामा भनिएको छ ।

Sana Kishan

सङ्क्रमित व्यक्तिबाट ६ फीटको दूरीमा रहे पनि अरुको शरीरमा भाइरस आउन सक्ने सीडीसीले चेतावनी समेत दिएको छ । भाइरसलाई छोएको हात वा कोरोना भाइरसयुक्त ओसिला कण मुख, नाक र आँखाको सम्पर्कमा आएमा सङ्क्रमण हुन सक्ने सीडीसीले जनाएको हो । (उपहार खबर बाट सभार)

World Link Ads
Health Notice Kanchanpur

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.