सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पछिल्लो २४ घण्टामा थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि, ५३ जनाको मृत्यु, निको हुने दर ७७.४ प्रतिशत !!

काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ५३ जनाको मृत्यु भएको छ । थप ८ हजार ४१८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ३१५ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै सक्रिय संक्रमितको संख्या ८३ हजार ४९३ पुगेको छ । उनीहरुमध्ये ७८ हजार १८ जना होम आइसोलेसनमा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसका कुल सङ्क्रमितको संख्या तीन लाख ८५ हजार ८९० पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा ९८९ जनाको एन्टीजेन परीक्षण गरिएकोमा १३१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार सोही अबधिमा तीन हजार ३७० जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म दुई लाख ९८ हजार ७६५ सङ्क्रमित कोरोनामुक्त भएका छन् । हाल निको हुने दर ७७.४ प्रतिशत छ ।

Sana Kishan

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ५३ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट नेपालमा तीन हजार ६३२ जनाले ज्यान गुमाएका छन् । हाल ८३ हजार ४९३ जनामा भाइरसको सङ्क्रमण सक्रिय अवस्थामा छ । ३९८ जना हाल क्वारेन्टिनमा छन् । हालसम्म १६ लाख १५ हजार ७२० जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । (उपहार खबर बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.