सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यस्ता पाच कुराहरूले तपाईको घरमा संकट आईपर्नलागेको संकेत गर्दछ !!

ज्योतिष शास्त्र भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो । ज्योतिष शास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । अकास्मात हातबाट केही कुरा खस्नुलाई ज्योतिष शास्त्रमा शुभ वा अशुभ लिने गरिन्छ।

हिन्दु धर्मशास्त्रका अनुसार हाम्रो समाजमा विभिन्न प्रकारको शुभ र अशुभ हुने संकेतहरु रहेका छन् । जसमध्ये भरी पानीको गाग्री, सुन्दर युवती भेटिएमा शुभ मानिन्छ । तर तपाईले खाइरहेको खाना भुईमा पोखिएमा, दुध उम्लिएर गएमा, बाटा हिड्दा विरालोले बाटो काटेमा अशुभ मानिन्छ । त्यस्तै आज हामी घरमा के के कुरा पोखिदा अशुभ मानिन्छ भन्ने विषयमा कुरा गदैछौ । ज्योतिष शास्त्रका अनुसार घरमा यी ५ चिज पोखिनुलाई अशुभ मानिन्छ ।

१. दुध पोखिनु=पहिलो कुरा घरमा दुध तताउदा उम्लिएर पोखिनुलाई अशुभ मानिन्छ । जसकारण घरमा झैझगडा, मानसिक पिडा र अशान्ति हुने विश्वास रहेको छ । धार्मक धारणा अनुसार दूध वा यसबाट बेनेका पदार्थ हातबाट खस्नुले परिवारमा वितिय संकट आउँछ। दूधलाई चन्द्रमासँग जोडेर हेरिन्छ ।

World Link Ads
Mahakali Polytechnic

२. नुन पोखिनु=दोस्रो कुरा हामीले दैनिक तरकारीमा प्रयोग गर्ने नुन पोखिएमा पनि अशुभ मानिन्छ किनभने यदि नुन पोखिएमा साथीभाई र परिवारसँगको सम्बन्धमा आँच आउने, घरमा अशान्ति र आर्थिक संकट आउने विश्वास रहेको छ । दैनिक जीवनमा प्रयोग हुने नुनको पनि एक महत्वपूर्ण स्थान रहेको छ । पुजा पाठ र अपमान हटाउनको लागि नुनको प्रयोग गरिन्छ । तर अन्य केही ठाउँमा नुनलाई विवादको सूचकको रुपमा लिइन्छ । हातबाट नुन खस्छ भने शुक्र र चन्द्रमाको कमजोर हुने संकेत हो।

Sana Kishan

३. चामल पोखिनु=तेस्रो कुरा घरमा भाँडा वा अन्य बोरामा राखिएको चामल पोखिनु पनि अशुभ मानिन्छ । यदि चामल पोखिएमा शास्त्र अनुसार धनकी देवी लक्ष्मी रिसाउने विश्वास रहेको छ । त्यसपछि आर्थिक संकट पैदा हुनेछ ।

४. सिन्दुर पोखिनु=चौथो कुरा विवाहित महिलाहरुको संकेत सिन्दुर पोखिनु पनि अशुभ मानिन्छ । यदि कुनै माहिलाले सिन्दुर लगाउदा भुईमा खसेमा आफ्नो पतिको आयु छोटो हुने, चिताएको काम नपुग्ने र विभिन्न संकट पैदा हुने विश्वास रहेको छ । यसलाई धन व्यापार नोक्सानको संकेत पनि हो ।

५. तेल पोखिनु=पाँचौ कुरा घरमा दैनिक खानामा प्रयोग गरिने तेल पोखिनु पनि अशुभ मानिन्छ । यदि तेल पोखिएमा परिवारमा शारारिक, आर्थिक र मानसिक पिडा हुने विश्वास रहेको छ । यस्तो संकेतले परिवारमा ऋण र गरिबीको संकेत गर्छ । (gnewsnepal बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.