सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलाका प्रमुख जिल्ला अधिकारी जोशीले आफूले चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने !!

दार्चुला – दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले आफूले चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरेका छन् ।कोरोना महामारीको समयमा अन्य बिरामीहरुलाई अन्यत्र जान समस्या भएकाले कोभीड बाहेकका बिरामीहरुको प्रयोगका लागि गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न सकिने उनले बताए । उनले भने ‘कोरोना बाहेकका बिरामीहरुलाई अहिले एम्बुलेन्सको समस्या छ । त्यसैले मैले आफूले चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न सकिने भनेर घोषणा गरेको छु ।’

Sana Kishan

जिल्ला प्रशासन कार्यालय दार्चुलाको बा २ झ ६७ नम्बरको गाडी कोरोना भाईरस संक्रमित बाहेकका बिरामीलाई बोक्ने गरी एम्बुलेन्सको रुपमा प्रयोग गरिने जोशीले बताए । उनले भने ‘आकस्मिक परेका बिरामीहरुलाई सवारी साधन पाउन मुस्किल छ । त्यसैले जिल्लाका त्यस्ता बिरामीहरुलाई सहज होस भनेर यो निर्णय गरेको हुँ ।’

शुक्रबार बसेको जिल्ला स्तरीय कोभीड –१९ सकंट व्यवस्थापनको केन्द्रको बैठकमा प्रमुख जिल्ला अधिकारी जोशीले सो घोषणा गरेका हुन् । कोभीड बाहेकका आकस्मिक बिरामीहरुलाई सवारी साधनको समस्या देखिएकाले यस्तो घोषणा गरिएको उनले बताए । जिल्लामा भएका एम्बुलेन्सहरु कोभीडका बिरामीहरुका लागि प्रयोग हुने भएकाले अन्य बिरामीहरुका लागि जिल्ला प्रशासनको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गरिने उनले बताए । (गोदावरी न्युज बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.