सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कोरोना संक्रमित बोक्न अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशी आफै खटिन्छन !!

कोरोना संक्रमणले कञ्चनपुर आक्र्रान्त बनिरहेको छ । दैनिक डेढसय भन्दा बढि नयाँ सक्रमित फेला परिहेका छन । को कतिखेर बिरामी भएर अस्पतालको सैयामा पुग्ने कुनै ठेगान छैन । धमाधम सक्रमित जिल्ला बाहिरबाट समेत कञ्चनपुरको महाकाली अस्पतालमा आईरहेका छन ।

संक्रमितसंग अन्य कुरुवा र अस्पतालमा एम्बुलेन्सबाट ओरालेर बेडमा पु¥याउने मानिसको अभाव हुँदा महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दत्त जोशी(बोक्स) आफै खटिन्छन ।

Sana Kishan

गाँउबाट बिरामी बोकेर एम्बुलेन्स अस्पतालको दैलोमा पुग्छन । अस्पतालको दैलोमा पुगेर मात्रै हुँदैन, बिरामीलाई बेडसम्म पु¥याएर मात्रै उपचार शुरु हुन्छ । तर, महाकाली अस्पतालमा पुगेका बिरामीलाई बेडसम्म पु¥याउन जनशक्ति अभावका कारण अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशी आफै खटिन्छन । उनको बिरामी र अस्पतालप्रतिको अधाग लगावको विषयमा प्रसंसा भईरहेको छ । हुनत शिक्षक पुष्टभूमीबाट अस्पताल सुधारका लागि भन्दै अध्यक्ष भएका जोशीले आफु मरेपनि अस्पताल सुधार गर्छु भन्दै प्रण गरेका थिए । आफ्नो प्रण अनुरुप जोशी बिरामीको उपचारका साथै अस्पताल सुधारका लागि उत्तिकै खटिएका छन ।

World Link Ads
Mahakali Polytechnic

कुनैदिन रेर्फर सेन्टरको रुपमा परिचित भएको अस्पतालमा अध्यक्ष जोशीले अहिले कोरोना महामारीका बिरामीको उपचार गरेर घर पठाउने वातावरण बनाएका छन । अध्यक्ष जोशीले बिहीबार दोधाराचाँदनीका कोरोना संक्रमित भीम खडका युवालाई एम्बुलेन्सबाट निकाले । केही समयपछि युवकको दुखत निधन भयो । तर, पनि अस्पतालका अध्यक्ष जोशीले मनमा कुनै फ्रिर्की राखेनन् । ‘बिरामीलाई एम्बुलेन्सबाट निकालेर उपचारका लागि बेडमा लगे, ‘अध्यक्ष जोशीले भने, ‘उनको केही बेरमा दुखत निधन भयो ।’ अस्पतालका लागि अध्यक्ष जोशीको गरेको कामको समाजिक रुपमा उच्च प्रसंसा भईरहेको छ । (esudurdarpan.com बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.