सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

किन लगाइन्छ निधारमा टीका ? यस्तो छ वैज्ञानिक कारण !!

हिन्दू धर्म मान्ने व्यक्तिले निधारमा तिलक (टीका) वा चन्दन लगाउनु आम विषय नै हो । विहान पूजा गरिसकेपछि निधारमा केशर, चन्दन र भस्म लगाउने गरिन्छ । टीका (तिलक) निधारको बीच भागमा लगाइन्छ ।तिलक लगाउने चलन प्राचीनकाल देखि चलिआएको मानिन्छ । यात्रा मंगलमय होस् भनेर घरबाहिर निस्कने मानिसलाई पनि चन्दन लगाइन्छ ।

टीका लगाउनुको धार्मिक मात्र नभएर वैज्ञानिक कारण पनि छ । खासमा हाम्रो शरीरमा सातवटा सूक्ष्म ऊर्जा केन्द्रहरू हुन्छन् । तीमध्ये एक आज्ञाचक्र हो । यो निधारको ठीक बीचमा अवस्थित हुन्छ ।यो आज्ञाचक्रमा शरीरका तीन प्रमुख नाडीहरू इडा, पिंगला र सुषुम्ना आएर मिल्छन् । त्यसैले यसलाई त्रिवेणी पनि भनिन्छ ।

आज्ञाचक्रलाई शरीरको सबभन्दा पूजनीय स्थान मानिन्छ । यसलाई गुरुस्थान भनिन्छ किनकि यहीँबाट पूरा शरीर सञ्चालन हुन्छ र यो हाम्रो चेतनाको मुख्य स्थान पनि हो । ध्यान लगाउँदा पनि यही ठाउँमा मन एकाग्र गरिन्छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

साधारणतया यही ठाउँमा चन्दन लगाइन्छ । चन्दनको गुण नै शीतल हो । त्यसैले चन्दन लगाउँदा मस्तिष्कमा शान्ति र शीतलता प्राप्त हुन्छ । दिमागमा जोड परेर टाउको दुख्न थाल्दा चन्दन लगाउनुस् । बिहान उठेर नुहाउनेबित्तिकै निधारमा चन्दन लगाउने व्यक्तिलाई टाउको दु ख्ने सम स्या हुँदैन ।

अनि दशैंमा अक्षता लगाइन्छ । यसरी तिलकमा चामल मिसाएर लगाउँदा देवी प्रसन्न हुनुहुने मान्यता छ ।महिलाहरूले थाप्लोमा सिन्दूर लगाउनुका पछाडि पनि एक कारण छ । खासमा रातो रंग ऊर्जा र स्फुर्तिको प्रतीक हो । यसरी तिलक लगाउँदा महिलाको सौन्दर्य बढ्छ । (gnewsnepal बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.