सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ने.वि.स. कञ्चनपुरका विद्यार्थी नेताहरुको अगुवाइमा ३८ जनाको उद्धार !!

नेपाल विद्यार्थी संघ कञ्चनपुरका विद्यार्थी नेताहरुको अगुवाइमा लकडाउनमा फसेका विद्यार्थीको उद्दार कार्य शुरु गरेको छ । ने.बि.स.को प्रयासबाट लकडाउनमा फसेका ३८ जना विद्यार्थीको उद्दार गर्न शुरु गरिएको हो । यस अघि पनि विद्यार्थी नेता रमेश महता, दिनेश भट्ट, प्रेम रावल, दिपक निरौलाले डेरागरि बस्ने विद्यार्थीको सरकारले उद्दार गर्नुपर्नेमा जोडदिदै आएका थिए ।

उनीहरुको प्रयासबाट विभिन्न विद्यार्थीको उद्दार गरिएको छ । बैतडी विभिन्न क्षेत्र घर भई महेन्द्रनगर सहित जिल्लाका विभिन्न विद्यालय, क्याम्पस, विश्वविद्यालय एव शैक्षिक संस्थामा अध्यापन गर्दै आएका विद्यार्थीलाई घर पठाईरहेको जनाएका छन् । महामारीको यो बिपत परिस्थितिमा बस मार्फत लकडाउनमा फसेका डेरागरि बस्ने विद्यार्थीलाई उद्दार गरि घर पठाईरहिएको हो ।

Sana Kishan

निविस युवा नेताहरुले यस अघि डेरागरि बस्ने विद्यार्थीको उद्दारका लागि सम्पर्क गर्न आब्हान गर्दै सरकारी तथा यातायात व्यवसायीसंग समन्वय गर्दै आएका थिए । उनीहरुले डेरामा बस्ने विद्यार्थीको उद्दार गरेपछि विद्यार्थी खुसी भएका छन । उद्धार गरिएका उनीहरुले विद्यार्थी नेताले विद्यार्थीको पिरमर्का बुझेको बताएका छन ।

World Link Ads
Mahakali Polytechnic

विभिन्न जिल्लाका विद्यार्थीहरु बाईबाई गर्दै महेन्द्रनगरदेखि गन्तब्य जिल्ला जाँदै गर्दा नि.वि.स. लाई सम्झिदै गए । विद्यार्थी नेता महताले संकटका बेला विद्यार्थीलाई सहयोग गर्ने बताउदै अभियान जारी राख्ने बताएका छन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.