सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदुरपश्चिमको एक मात्र रेफरल अस्पताल सेती प्रादेशिक अस्पताल बिरामीले भरियो !!

धनगढी – सुदुरपश्चिमको एक मात्र रेफरल अस्पताल सेती प्रादेशिक अस्पताल बिरामीले भरिएको छ । अस्पतालको इमर्जेन्सी कक्ष कोरोना संक्रमित र लक्षण देखिएका शंकास्पद बिरामीले भरिएपछि भुइँमै उपचार गर्न थालिएको हो । दैनिक कोरोना संक्रमण बढे संगै अस्पताल आउने बिरामीको चाप थेगी नसक्नु भएको अस्पताल ले जनाएको छ । सेती प्रादेशिक अस्पताल धनगढी अन्तर्गतको कोभिड अस्थायी अस्पताल सङ्क्रमितले भरिएपछि भएको शय्या र अक्सिजन लगायतका स्रोत साधनको अभावले उपचार व्यवस्थापन असहज बनेको छ ।

अस्पतालमा पर्याप्त जनशक्तिसाथै शय्या र अक्सिजनको अभाव सिर्जना हुँदा बिरामीको उपचार व्यवस्थापन असहज बनेको हो । बिरामीको चाप बढेपछि दुई दिनदेखि अस्पताल प्राङ्गणमासमेत शङ्कास्पद सङ्क्रमितलाई राखेर उपचार व्यवस्थापन गर्न थालिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।कोरोनाजस्तो लक्षण देखिएका जटिल प्रकृतिका बिरामीले अस्पतालको आकस्मिक कक्ष भरिएको छ । कतिपयलाई आकस्मिक कक्ष नजिकैको ग्यालरीमा र कतिपयलाई प्राङ्गणमा राखेर उपचार गर्नु परेको श्रेष्ठले बताए ।

Sana Kishan

सेती प्रादेशिक अस्पतालमा मात्रै पछिल्लो हप्तामा छ महिला सहित २५ सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । कोरोना भाइरसको रोकथाम, उपचार व्यवस्थापनका लागि कैलालीको गेटामा नवनिर्मित गेटा मेडिकल कलेज भवनमा होल्डिङ सेन्टर, कोरोना विषेश अस्पताल र आइसोलेसन सेन्टरको रुपमा प्रयोग गर्ने गरी तयारी भइरहेको छ । (गोदावरी न्युज बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.