सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गेटा मेडिकल कलेजमा निर्माणाधिन आइसोलेसन सेन्टरमा ३० वटा बेड तयार !!

कैलाली (गेटा) – गेटा मेडिकल कलेजमा निर्माणाधिन आइसोलेसन सेन्टरमा ३० वटा बेड तयार भएका छन् । जिल्ला प्रसाशन कार्यालय कैलालीको मातहतमा रहने गरी गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकाले रेखदेख गर्ने उक्त आइसोलेसन निर्माण को कार्य भईरहेको छ ।

गेटा आइसोलेसनका फोकल पर्सन गोदावरी नगरपालिकाका प्रबक्ता शर्मानन्द भट्टले आइसोलेसन निर्माण कार्य जारी रहेको बताए । शुरुवाती चरणमा करिब ५ सय बेड तयार पारिने उनले बताए । स्वास्थ्य कार्यालय धनगढीले उपलब्ध गराएका बेडहरु जडान गर्ने कार्य भईरहेको भट्टको भनाई रहेको छ । आइसोलेसनमा पानी बिधुत लगाएतका भौतिक पूर्बाधारको काम सकिएको छ । अक्सिजन आउने बित्तिकै सेवा सुचारु हुने भट्टले बताए ।

Sana Kishan

’आइसोलेसन निर्माण को काम भईरहेको छ । अक्सिजन आउने क्रममा छ,’ उनले भने,’ सेतीमा बिरामीको चाप बढिसकेको छ , छिटो भन्दा छिटो सेवा सुचारु गर्छौं ।’ फोकल पर्सन भट्टले तत्काल गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुबाट सेवा शुरु गर्ने बताए । अन्य स्वास्थयकर्मी र चिकित्सकहरु आबश्यकता अनुसार सेवामा खटिने गरी तयारी भईरहेको उनले बताए । (गोदावरी न्युज बाट सभार)

World Link Ads
Mahakali Polytechnic

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.