सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बढी शुल्क लिने निजी अस्पताललाई कारबाही हुन्छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं – उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही हुने बताएका छन् ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल सरकारले तोकेको भन्दा बढी दस्तुर लिएको भेटिए निजी अस्पतालहरु कारबाहीको भागिदार हुने बताए ।

Sana Kishan

‘निजी अस्पतालमा सरकारले तोकेको दस्तुर अनुसार नै उपचार हुनुपर्छ । त्यो भन्दा फरक भएको भन्ने सूचना पाएका छौं, काठमाडौंका बिभिन्न नामका अस्पतालले मनपरी ढंगले रकम लिएको भन्ने गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले चेतावनी दिइसकेको छ, यदि त्यस्तो भेटिए कारबाही हुन्छ,’ उपप्रधानमन्त्री पोखरेलले भने ।

World Link Ads
Mahakali Polytechnic

सरकारी अस्पतालमा सबै कोरोना संक्रमितहरुको निःशुल्क उपचारको व्यवस्था गरिएको उनले बताए । (उपहार खबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.