सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

त्रासदीपूर्ण घटनाबाट जनता आक्रोशित मृतकका परिवारलाई सरकार बाट क्षतिपूर्तिको माग !!

खेम साउद, बैतडी – बैतडीको रोडिदेवलमा मंगलबार दिउँसो भएको त्रासदीपूर्ण घटनाबाट सरकार स्थानीय निकाय र प्रहरी प्रशासन प्रति जनता आक्रोशित भएका छन। सोमबार चट्याङबाट मृत्यु भएका पंचेश्वर ६ का वडा सदस्य गोविन्द सिंह भण्डारीको शव लाई दैवी प्रकोपबाट भएको घटना भएको हुदा स्थानीयले पोस्टमार्टम गर्न आवश्यक नभएको र शवको दाह संस्कार आफ्नो स्थानीय घाट मै गर्न पाउनु पर्ने माग गरेका थिए। तर प्रशासन र जनप्रतिनिधिहरुको पोस्टमार्टम गर्नै पर्ने दबाबपछि शवलाई पोष्टमार्टमका लागि सदरमुकाम बैतडी लैजाने क्रममा मंगलबार दिउँसो शव बोकेको जीप भीरबाट खसेर दुर्घटना हुँदा चालकसहित ७ जनाको ज्यान गएको थियो भने अन्य ४ जना घाइतेहरुको अवस्था गम्भीर छ।

उक्त घटनापछि महामारीले आक्रान्त देशै भरी लकडाउन भैराखेको अवस्थामा सरकार र जनप्रतिनिधिहरुको गैर जिम्मेवारपूर्ण कदमले यस्तो त्रासदीपूर्ण घटना घटेको भन्दै स्थानीय र आम जनताको आक्रोश बढ्दो छ। सामाजिक सञ्जालमा सरकार र प्रशासनको यस्तो खालको रवैया प्रति मानिसहरुले आक्रोश व्यक्त गरेका छन। सरकार र जनप्रतिनिधिहरुको गलत रवैया का कारण यो दुखद घटना घटेको भन्दै घाइतेहरुको निःशुल्क उपचार, मृतकका असहाय बालबालिकाहरुको भरण पोषण र शिक्षा दीक्षाको जिम्मा सरकारले लिनुपर्ने र पिडित परिवारलाई आबस्यक क्षतिपूर्ति दिनुपर्ने माग उनीहरुले गरेका छन्। सामाजिक सञ्जालमा बुद्दजिबी एबं नागार्जुन उच्च मा वि सर्मालीका प्रधानाध्यापक महामल सिंह साउद लेख्नुहुन्छ- सरकार जनताको अभिभावक हो।

दैवीप्रकोपमा परेकाको पोस्टमार्टम गराउनु सरकारको नियम कानुन हो भने संबन्धित लास सित गएका आफन्तहरु सरकारको आदेसानुसार खटिएका मान्छेहरु हुन। सरकारको आदेश पालनको सिलसिलामा हृदय बिदारक दुर्घटनामा परी केहिको ज्यान गएको छ भने केहि घाइते भएका छन। समस्या मर्नेहरु को होइन, समस्या त मृतकहरुका असहाय लालाबाला र परिवारको हो। घाइतेहरुको उपचार र उनका परिवारको पालन पोषण आदि को हो। यो दुर्घटनाको कारक तत्व राज्य पक्ष ठहरिन जान्छ किनभने राज्यले उनलाई बाध्यात्मक अवस्था सिर्जना गरी काममा लगाएको छ। त्यस्ता घर परिवारका असहाय ब्यक्तिहरुको भरणपोषण, शिक्षा दिक्षा आदिको जिम्मा सरकारले लिनै पर्छ र यो सरकारको दायित्व भित्र पर्ने विषय नै हो।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

कसै कसैले यसलाई लास माथि राजनीति को संज्ञा दिइरहेका छन् । यो उनीहरुको दृष्टिकोणको दोस हो। प्राकृतिक प्रकोप सबैले सहेका छन तर त्यस्तो घटनामा पनि पिडित पक्षलाई राज्य पक्षले क्षतिपूर्तिको ब्यवस्था गर्नु पर्ने हुन्छ। त्यसमा पनि राज्यको कारणले कसैका घर परिवारको चुलो निभ्छ भने राज्य उत्तरदायी हुने कि नहुने? यसका लागि जिम्मेवार सबैले आवस्यक पहल गर्नुपर्छ । सिङ्गो बैतडीको तल्लो स्वराड सरोकारवालाहरुको प्रतिक्रिया र अभिव्यक्तिको पर्खाइमा छ। श्रद्धाञ्जली र समवेदना का दुइ चार शब्दले मात्र केहि हुने वाला छैन।

Dirghayu Ads

त्यसैगरी कांग्रेस नेता तेजबहादुर चन्द पनि यस घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताउछन। उनले सामाजिक सञ्जालमा लेखेका छन्- रोड़ीदेवलमा भएको जीप दुर्घटना सरकार पक्ष र सम्बन्धित निकायको कमी कमजोरीको कारणले भएको ठहर छः तेही भएर उक्त घटनामा ज्यान गुमाउन भएका पीड़ित परिवारहरूलाई नेपाल सरकारले उपयुक्त क्षतीपूर्ति र घाईतेहरूको यथासीघ्र उपचार गरिनु पर्छ ।

होईन भने हामी क़ानूनको बरखिलाप र सरकारको रवैयाको बिरुद्ध जूनसुकै कदम चाल्न बाध्य हुने छौ । त्यस्तै सामाजिक अभियन्ता बलदेव सिंह चाड, ओम प्रकाश भण्डारी, लाल साउद, जितेन्द्र महता लगायत यस क्षेत्रका युवाहरूले मृतकका परिवारलाई क्षतिपूर्ति र तिनका असहाय बालबालिकाहरुको भरण पोषण र शिक्षा दीक्षाको जिम्मेवारी लिन सरकारसंग माग गरेका छन।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.