सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुला जिल्लाका दुई अस्पताललाई तीन करोड २० लाख बजेट !!

दार्चुला – कोरोना सङ्क्रमित बिरामीको उपचारमा सहयोग पु¥याउन दार्चुलाका दुई अस्पताललाई तीन करोड २० लाख दिइएको छ। स्थानीय पूर्वाधार विकास कार्यक्रम, प्रदेश पूर्वाधार साझेदारी कार्यक्रम र सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयबाट ८० लाख दिइएको हो। दार्चुलाबाट सङ्घ र प्रदेशका सांसदहरुले बजेट विनियोजन गर्दा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिदै बजेट विनियोजन गरेका थिए।

विनियोजित बजेट कोभिड नियन्त्रण, उपकरण खरिद, स्वास्थ्य सामग्री खरिद गर्न सकिने उल्लेख गरिएको थियो। तर कार्यान्वयन तहमा ढिलाई हुँदा कोभिडको सङ्क्रमण जिल्लाभरि फैलिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले सो विनियोजित बजेट अक्सिजन प्लान्ट, आइसोलेसन निर्माण तथा स्वास्थ्य सामग्री खरिदको लागि बाटो खुल्ने गरी निर्णय गरेको छ।

सार्वजनिक खरिद ऐनअनुसार इबिडिङ गर्नुपर्ने भएपनि अहिले कोभिडको अवस्था भयावह बन्दै गएको भन्दै छिटो र सहज माध्यमबाट बजेट खर्च गर्ने गरी संकट व्यवस्थापन समितिले निर्णय गरेको महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा विजय भुर्तेलले बताए।

World Link Ads
Mahakali Polytechnic

बजेट विनियोजनको क्रममा सङ्घीय सांसदको १ करोड ३० लाख रुपैयाँ महाकाली नगरपालिकाको जिल्ला अस्पताल र २० लाख रुपैयाँ शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर अस्पतालको लागि विनियोजन गरिएको थियो। यस्तै प्रदेशसभा सदस्य गेल्बुसिह बोहराले जिल्ला अस्पताललाई ५० लाख रुपैयाँ र अर्का प्रदेशसभा सदस्य मानबहादुर धामीले गोकुलेश्वर अस्पताललाई ४० लाख रुपैयाँ विनियोजन गरेका थिए।

Dirghayu Ads
Sana Kishan

निर्णय भएको लामो समयसम्म सो बजेट खर्च हुनसकेको थिएन। यस्तै हालै सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले अक्सिन प्लान्ट खरिद गर्न ८० लाख जिल्ला अस्पताललाई विनियोजन गरेको थियो। सबै रकमलाई स्थानीय तह, स्वस्थ्य कार्यालय र जिल्ला अस्पतालको समन्वयमा खर्च गर्ने गरी बाटो खुला गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए।

सो बजेटमार्फत सदरमुकाम खलङ्गा र गोकुलेश्वरमा ५०÷५० शय्याको आइसोलेशन तयार गरिने बताइएको छ। यस्तै अस्पतालले माग गरेको आधारमा स्वास्थ्य सामग्री खरिदमा बजेट खर्च गर्न सकिने डा भुर्तेल बताउँछन्। हाल जिल्ला अस्पताल दार्चुलामा १३ शय्याको आइसोलेशन निर्माण गरिएको छ।

तर अहिले कोभिड सङ्क्रमितका बिरामी बढ्दै गएपछि त्रिपालमा उपचार गराउनुपर्ने अवस्था आएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताए। (गोदावरी न्युज बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.