सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

तुलसीलाई जल चढाउँदा उच्चारण गर्नुहोस् यो मन्त्र, घरमा हुनेछ माता लक्ष्मीको कृपा !!

शास्त्र अनुसार तुलसीमा जल दिनु बहुतै लाभकारी मानिन्छ । यसले जीवनको सबै समस्या टाढा रहन्छ तथा जीवनमा सुख शान्ति, समृद्धि आउने गर्दछ।

आज यसै विषयमा ज्योतिषशास्त्र अनुसार जान्ने कोशीश गर्ने छौ एउटा यस्तो मन्त्रको बारेमा जुन मन्त्र यदि तपाई तुलसीमा जलचढाउने समयमा बोल्नुहुन्छ भने यसले तपाईको जीवनमा माता लक्ष्मीको कृपा सँधै बनिराख्ने छ।

तुलसीलाई जल चढाउँदा जप्नुहोस् यी मन्त्र:

World Link Ads
Mahakali Polytechnic

महाप्रसाद जननी, सार्व सौभाग्यवर्धिनी
आधि व्याधि हरा नित्यं, तुलसी त्वं नमोस्तुते

ज्योतिषशास्त्रअनुसार तपाई बिहानको समयमा स्नान गरेपछि तुलसीमा जल चढाउँने समयमा यो मन्त्रको जप गर्नुहोस्। यदि तपाई साँचो मनले यस मन्त्रको जप गर्नुहुन्छ भने यसले तपाईको जीवनमा आइपर्ने सबै समस्या हटेर जानेछ।

साथै जीवनमा धन र समृद्धिको कहिल्यै पनि कमी हुनेछैन्। तुलसीमा प्रतिदिन जल दिनाले घरमा देवीदेवताको बास हुन्छ तथा जीवनमा सँधै सुख शान्ति र समृद्धि बनिराख्छ।

Sana Kishan

तुलसीको तान्त्रीक प्रयोगःछोराछोरी नभए दिक्क भए ठिक्क भन्ने हो तर कहिलेकाही गलत संगतमा परेर जिद्धि स्वभावका हुनाले आमा बुबालाई दिक्क लाग्न सक्छ । तुलसी पुर्व दिशामा राखेको ३ पात सन्तानलाई खान दिनु सन्तान क्रमशः सुध्रदै जान थाल्नेछ ।

छोरीलाई हामीले लक्ष्मीको रूपमा हेर्छौ । बढेकी छोरीलाई योग्य बर नपाउदा दिक्क लाग्न सक्छ । यो समस्या हल गर्न र विवाह चाँडो होस् भन्नाका लागि कन्याद्वारा नित्य तुलसीमा पानी चढाउन र दान दक्षिणा दिएमा सोचे जस्तो बर मिल्नेछ।

जसको व्यवसाय राम्रोसंग चलेको छैन यो उहाँहरूको लागि बरदान साबित हुनेछ। तुलसीको बोटमा काँचो दुध चढाई दिनु व्यापार चल्न थाल्नेछ।

नोकरी गर्दा कहिलेकाही प्रमोशन होस् भन्ने चाहना भएमा तुलसीलाई सेतो कपडामा बाधेर अफिसको खाली जमिनमा गाडी दिनु चाडैं प्रमोसन हुन थाल्दछ।

घरमा कलह असान्ती भएमा भान्सा कोठाको नजिक राख्नाले कलह शान्त हुन्छ। घरमा झै झगडा समाप्त हुन्छ। श्रीमान श्रीमतीबीचको झगडा भएमा यसो गर्नाले राम्रो फाइदा गर्दछ। प्रेम बढ्न थाल्दछ। (gnewsnepal बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.