सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुर जिल्लामा घर बाहिर निस्कदा मास्क, ग्लोब्स र फेश सिल्ड अनिवार्य लगाउनुपर्ने !!

कञ्चनपुर – जिल्लामा अबदेखि सर्वसाधारणमा मास्क, ग्लोब्स र फेश शिल्डको प्रयोग अनिवार्य गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक सूचना जारी गर्दै घर बाहिर निस्कदा अबदेखि मास्क, ग्लोब्स र फेश शिल्ड लगाउन अनिवार्य गरेको हो ।

प्रशासनले जारी गरेको आदेश उल्लंघन गरिएको भन्दै ती स्वास्थ्य सुरक्षामा सामग्री लगाएर मात्रै बजारमा हिँडडुल आग्रह गरिएको हो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

गत सोमबारको आदेश बमोजिम प्रत्येक आईतबार, मंगलबार र बिहिबार बिहान ६ बजेदेखि ९ बजेसम्म तरकारी, फलपूल तथा खाद्य समाग्री खरिद, बिक्री गर्न छुट्याइएको समयमा ग्राहकहरुको उपस्थिति बढी हुने गरेको कारणले कोभिड–१९ संक्रमणको जोखिम रहेको हुँदा उक्त समयमा भीडभाड बढी हुन थालेपछि मास्क, ग्लोब्स र फेश शिल्ड लगाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

Dirghayu Ads

उक्त सूचनाको पालना नभएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही समेत गर्न सकिने प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए । (गोदावरी न्युज बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.