सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कोरोनाको लागि उपयोगी गुर्जोका यस्ता छन्  फाइदा !!

कोरोनाभाइरसको संक्रमण देखिन थालेपछि पछिल्लो समय बहुऔषधीय गुण भएको गुर्जोको खोजी हुन थालेको छ । कोरोनाभाइरसको त्रासकाबीच गुमनाम गुर्जोको एकाएक चर्चा हुनथालेपछि घरघरमा रोप्न थालिएको छ ।

प्रतिरोध क्षमता बढाउन सहयोग पुर्याउने गुर्जोको शहर बजारमा पनि निकै माग भइरहेको छ । आयुर्वेदिक चिकित्सकहरुले पनि रोगसँग लड्ने प्रतिरोध क्षमता बढाउन जडीबुटी गुर्जोको प्रयोग गर्नुपर्ने सुझाव दिएका छन् ।यसको लहरा ज्वरो, रुघोखोकी र चिसोमा लाग्ने बाथलगायत अन्य अधिक रोगको औषधिका रूपमा प्रयोग गर्ने गरिन्छ ।

फाइदा के छ ?शीतल गुण भएको गुर्जोको सेवनले गर्मीबाट टाउको दुखेको, आखा पिसाब, पैताला हात खुट्टा र जीउ पोलेको र पुरानो ज्वरोलाई निको पार्न सहयोग पुर्याउछ । त्यस्तै युरिक एसिड तथा वाथ र जोर्नी दुखाइको समस्याहरुको लागि लाभकारी मानिन्छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

जन्डिस, कलेजोको कमजोरी र विकारलाई पनि हटाउँछ । यो उच्च रक्तचापको रोगीको लागि पनि फाइदाजनक मानिन्छ । किड्नीको दुर्बलता तथा विकारलाई हटाएर पिसाब सम्बन्धी सबै समस्या कम गर्छ ।पेट पोल्ने र उल्टी आउने बिरामीको लागि पनि यो फाइदाजनक छ । यसको प्रयोगले मुटुलाई बलियो बनाई मुटु सम्बन्धी रोगमा फाइदा गर्दछ । गुर्जोले इन्सुलिन उत्पादनमा सहयोग गरी मधुमेहमा फाइदा पुर्याउछ ।

Dirghayu Ads

यसको सेवनले रगतको खराबी हटाउन र रगतको कमी हुन दिदैन ।इम्युनिटि पावर बढाउन सहयोग पुर्याउने गुर्जोले कोरोना, स्वाइन फ्लु, वर्ड फ्लु, डेंगु भाइरस जिवाणु किटाणु र तथा विषाणुहरुलाई समेत रोक्ने काम गर्दछ । (gnewsnepal बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.