सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेनीमा आजदेखि १० दिन निषेधाज्ञा !!

बेनी : जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेनी नगरपालिका क्षेत्रमा बुधबार रातिदेखि निषेधाज्ञा जारी गरेको छ । बेनी नगरपालिका र जिल्ला कोभिड नियन्त्रण संकट व्यवस्थापन केन्द्रको सिफारिसको आधारमा सुरक्षा समितिको बैठकले वैशाख २२ गते राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागू गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बेनी नगरपालिका क्षेत्रमा दश दिन निषेधाज्ञा जारी गरेर अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको बताए । चिकित्सक, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, राजनीतिकर्मी र संघ संस्थाका प्रतिनिधिहरुले कोरोना रोकथामका लागि निषेधाज्ञा गर्न सिफारिस गरेका थिए ।

म्याग्दीमा हाल १०२ जना सक्रिय संक्रमित छन् । २३ जना संक्रमित उपचारपछि निको भएको स्वास्थ्य कार्यालयले जनाएको छ । वैशाख १९ गते संकलन गरिएको ४२ वटा स्वाबको नमुना परीक्षण गर्दा मंगलबार २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

World Link Ads
Mahakali Polytechnic

बेनी नगरपालिकाको वडा न. ४ मा पर्ने सिंगा तातोपानी बजार पछिल्लो समय कोरोनाको हटस्पट बनेको छ । सदरमुकाम बेनीका साथै ग्रामिण क्षेत्रमा पनि तीव्र रुपमा कोरोनाको संक्रमण फैलिएको छ ।

Dirghayu Ads

निषेधाज्ञामा औषधि उपचार, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्ने, तोकिएको समयमा खाद्यवस्तु खरिद गर्ने जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन र हिँडडुल गर्न पाउने छैनन् ।

Sana Kishan

अस्पताल, औषधालय, औषधि एवम् स्वास्थ्य सामग्रीका पसल २४ सै घण्टा खुल्नेछन् । तरकारी, फलफूल, दूध, डेरीजन्य उत्पादन, ग्यासलगायतका अत्यावश्यक सेवाका पसलहरु स्वास्थ्य सुरक्षाका मापदण्डअनुसार बिहान ७ देखि १० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।

विवाह, व्रतबन्ध, पूजाआजालगायत कुनै पनि धार्मिक, सांस्कृतिक सामाजिक क्रियाकलापमा जमघट तथा भेला हुन रोक लगाइएको छ । सार्वजनिक विकास निर्माणको काममा संलग्न मजदुरको हकमा सम्बन्धित आयोजना प्रमुखको सिफारिसको आधारमा निर्माण व्यवसायीले निश्चित गरेको ठाउँमा बस्ने गरी निर्वाधरुपमा सञ्चालन गरिने भएको छ ।

निषेधाज्ञा जारी भएको स्थानका सरकारी र सार्वजनिक कार्यलय एवं बैंकमा अनावश्यक भीडभाड हुन नदिने, अत्यावश्यक बाहेक अन्य कार्यालय तथा संस्था प्रमुखले आलोपाले पद्धति अनुसार न्यूनतम कर्मचारी खटाई कार्यलय सञ्चालन हुने प्रशासनले जनाएको छ ।

म्याग्दीमा पर्ने कालीगण्डकी कोरीडोर र अन्तरजिल्ला आवत जावत गर्ने सवारी साधनलाई निषेधाज्ञा लागू भएको क्षेत्रमा यात्रु झार्न र नचढाउने सर्तमा चल्न दिने भएको छ । म्याग्दीका अन्य स्थानीय तहले स्वास्थ्य संकटग्रस्त क्षेत्रमा स्थानीय तहको सिफारिस गरे अनुसार गर्न सुरक्षा समितिलाई सिफारिस गरेको छ । बेनी नगरपालिकाका प्रत्येक वडा समितिले निषेधाज्ञाको निर्णय कार्यान्वयन गर्न गराउन स्वमसेवकको रुपमा परिचालन हुने जनाएका छन्। (annapurnapost बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.