सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यी ५ कारणहरुले गर्दा घट्न सक्छ मनिसको आयु !!

हामी तपाइँहरुलाई सधै प्रेरणादायी कुराहरु दिने गरेका छौ । प्रेरक भनाईहरु, मनछुने लाईनहरु, जीवनशैली, व्यक्तित्व विकास र साथ् साथै सुन्दर जीवनको लागि स्वास्थ्य सम्बन्धि जानकारीहरु पनि पस्किने गरेका छौ । आशा छ हाम्रो यी जानकारीहरुले तपाइँहरुलाई केहि न केहि सहयोग अवश्य पनि पुर्याइरहेको छ । आज पनि हामीले यहाँ तपाइँहरु माझ एउटा जानकारीमुलक कुरा लिएर आइसकेका छौ ।

हामी निश्चित आयु लिएर जन्मन्छौं । जन्मेपछि मर्नैपर्छ । तर, हामीले जन्मजात जति आयु लिएर आएका हुन्छौ, त्यसको पुरा अवधी बाँच्न पाउँदैनौ । सक्दैनौं किनभने जीवन जिउने क्रममा हामीलाई अनेकन रोग लाग्छ । अनेकन शारीरिक, मानसिक झन्झट आइलाग्छ । यस्ता विकारले हाम्रो आयु खियाइदिन्छ । जीवनको उत्तरार्द्ध रोगले थलिएर, जीर्ण भएर कष्टकर जीवन बाँच्छौं ।

हरेक ब्यक्तिको जन्मपछि मृत्यु निश्चित हुन्छ । जन्मसँगै मृत्युसँगै आउँछ । शास्त्रमा मानिसको आयु घट्ने विभिन्न कारण हुन सक्ने उल्लेख छ । केही कामले मानिसको आयु घट्ने र छिटो निधन हुने शास्त्रको भनाइ छ । महाभारतको उद्योग पर्वमा धृतराष्ट्र महात्मा विदुरसँग मानिसको आयु १०० वर्ष भएपनि सबै मानिस १०० वर्ष नबाँच्ने कारणबारे सोध्छन्, ‘शतायुरुक्ता पुरूषः सर्ववेदेषु वै यदा। नाप्नोत्यथ च तत् सर्वमायुः केनेह हेतुना।। त्यतिबेला विदुरले दिएको जवाफ अनुसार ५ कारणले गर्दा मानिसको आयु घट्छ र पूर्ण आयु बाँच्न सक्दैन । वास्तु शास्त्रः एक चिम्टी नुनले तपाइँलाई धनी बनाउन सक्छ ।

World Link Ads
Mahakali Polytechnic

१. विदुर भन्छन् मानिसको उमेर घटाउने पहिलो तरबार घमण्ड हो । घमण्डी मानिसको आयु छोंटो हुन्छ । घमण्डी मानिसको मानसिक अवस्था असन्तुलित रहने हुँदा आयु छोंटो हुने उल्लेख छ ।

Dirghayu Ads
Sana Kishan

२. अधिक बोल्ने मानिसको आयु पनि कम हुन्छ । चाहिने भन्दा बढी बोल्ने मानिसको आयु पनि कम हुने शास्त्रमा उल्लेख छ । बढी बोल्ने मानिसको उर्जा क्षय हुने र मानसिकरुपमा पनि तनावमा रहने हुँदा आयु कम हुने विदुरले बताएका छन् ।

३. अत्याधिक क्रोध भएको ब्यक्तिको पनि आयु कम हुन्छ । क्रोधले मानिसका ग्रन्थी कमजोर बनाइदिने भएका कारण आयु कम हुने उक्त शास्त्रमा भनिएको छ ।

४. स्वार्थी मानिसको आयु पनि छोंटो हुन्छ । लोभ लालच तथा स्वार्थ बढी भएका मानिस सन्तुष्ट र खुसी हुन सक्दैनन् यसकारण उनीहरुको आयु कम हुन्छ ।

५. विश्वासघाती मानिस पनि लामो उमेर बाँच्दैनन् । अरुलाई धोका दिनेको मन अशान्त रहने हुँदा उर्जा नष्ट हुन्छ । यस्ता मानिसको आयु छोंटो हुने शास्त्रमा उल्लेख छ । (gnewsnepal बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.