सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भगवान कृष्ण भगवान राम र बिच यस्ता छन् १० अन्तर !!

जब राम नै कृष्ण र कृष्ण नै राम हुन् तब अन्तरको बारेमा चर्चा गर्नु उचित हुँदैन । मानिसहरुको आर्दश राम र कृष्ण दुवै हुन् । उनीहरुबाट धेरैले प्रेरणा लिइरहेका छन् । जीवन मर्यादामा धर्म र न्यायको रक्षार्थ कृष्ण नै हुन् । यसैले सामान्य मानिसका नजरमा यी दुईमा १० अन्तर हुन सक्छन् ।

कलाः भगवान राम १२ र कृष्ण १६ कलामा दक्ष थिए । श्रीकृष्णमा जुन अतिरिक्त कला थियो त्यो कला उक्त युगमा धेरै थियो ।

मर्यादा पुरुषोत्तमः भगवान रामले जीवन मर्यादालाई कहिल्यै पनि तोडेनन, जबकि कृष्णले समयअनुसारको माग अनुसरण गरे । समाजमा बस्ने प्रत्येक व्यक्तिमा मर्यादा आवश्यक हून्छ । यसैले प्रभु श्रीरामलाई पुरुषमा उत्तम मानिन्छ । त्यसैले पुरुषोत्तम रामचन्द्र भनिन्छ । रामको जीवन एक आर्दश हो त्यस्तै श्रीकृष्णको जीवन उत्सव हो ।

World Link Ads
Mahakali Polytechnic

छोराको रुपमा वनवास, भाईको रुपमा पादुका त्याग र पतिको रुपमा सीता वियोग । राम सधै दुःखमा भएपनि मर्यादा कहिल्यै तोडेनन् । सत्यको पथमा सधै अटल रहे ।कृष्ण धेरै राजनैतिक अवतार हुन् । उनी जरासन्धको डरेले युद्ध छाडेर भागेका थिए । अर्थात परिस्थिति खराब भएमा मैदान छाड्न पनि तयार हुन्थे उनी । कृष्णले परिस्थिति अनुसार आफ्नो कार्य अगाडि बढाउनु पर्नेमा जोड दिन्थे ।

जीवन चरित्रः भगवान रामको जीवन गीता हो वा धर्म सम्मत हो । जब कि कृष्णको जीवनले हामीलाई शिक्षा दिन्छ कि धर्मको रक्षार्थ कहिले काही धर्म विरुद्ध आचरण पनि गर्नुपर्छ । वास्तवमा रामको जीवन दर्शन र व्यवहारीक लौकीक मर्यादाको उल्लघन गरेनन्, जबकि कृष्णको जीवन दर्शन र व्यवहारमा बहुआयामी पक्ष हो । रामको जीवनशैलीले हाम्रो जीवनमा बाधाबाट उम्कने मार्ग प्रशस्त गराउँछ भने कृष्णको जीवनले सुखी जीवनको प्रेरणा मिल्छ ।

दाम्पत्य जीवनः रामले सामाजिक नियम पालन गरेर एक पत्नी व्रत धारण गरे जबकि कृष्णको ८ पत्नी थिए । रामले पत्नी सीताको वियोगमा २ वर्ष बिताए कृष्णको कहिल्यै पत्नी वियोग भोग्नु परेन् । रामले सीतालाई प्रेम गरे विवाह पनि उनीसँगै गरे । कृष्णले प्रेम त राधासँग गरेपनि विवाह रुक्मिणी, सत्यभामा, जामवंती आदीसँग गरे । रामको नाम पत्नी सीतासँग लिइन्छ भने कृष्णको नाम प्रेमिका राधासँग लिइन्छ ।

Sana Kishan

वन र महलः रामको जीवन बालपनदेखि वनवास, ऋषि, आदिवासियासँग रहेर धर्म–कर्म कार्य केन्द्रमा रह्यो । कृष्णको सामना बालपनदेखि नै राजाहरुसँग रहेर राजनितीको केन्द्रमा रहे । राम महलमा जन्मिएर वनवास गए । कृष्ण पछि महलमा गए, जेलान जन्मे र गोकुलमा हुर्किए । बन्दिगृहमा जन्मेका कृष्णले शत्रुहरुसँग जुध्न परेको थियो ।

अर्थव्यवस्थाको विस्तारःश्रीकृष्ण र उनका १८ कुलका मानिसहरुको कार्य गाईपालन थियो । कृष्णले यस क्षेत्रलाई व्यवस्थित गरी विस्तार गरिदिए । रामले १४ वर्षको वनवासको क्रममा वनमा कृषि विस्तार, कुटीमा बस्न सिकाए र वनवासीहरुको भोकको समाधान गरिदिएका थिए ।

भक्तः सर्वशक्तिमान हनुमान, अंगद, लक्ष्मण, सुग्रीव, जाम्बवंत जस्ता मानिसहरु रामका परम भक्त थिए । जबकि कृष्णका भक्त अर्जुनको उनी आफै भक्त थिए । कृष्णलाई रामको सहयोग हनुमानले दिएका थिए । रामले नमागी आफ्ना मित्रहरुलाई राज्य प्रदान गरिदिए । कृष्णले मित्र सुदामालाई मागेपछि मात्र वैभव प्रदान गरे ।

युद्ध नितीः रामले आफ्नो सम्मानको लागि लडाई लडे तर कृष्णले आफ्नो लागि नभई धर्मको रक्षार्थ लडे । रामले आफ्नो पारिवार रक्षाको लािग रावणलाई मारे तर कृष्णले आफुसँग भएको सेना कौरवलाई दिएर आफु पाण्डवको पक्षमा लडेका थिए ।

पापीको हत्याः रामले वनमा एकएक गरेर राक्षस मारे । कृष्णले एकै ठाउँमा जम्मा पारेर पापी आफ्नै मामा कंसको हत्या गरे ।

अन्यः रामको चरित्र सर्वथा अनुकरणीय छ । कृष्णको चरित्र चिन्तनिय छ । रामको जन्म त्रेता युगमा चैत्र शुक्ल नवमीको दिन ठिक १२ बजे भएको थियो । कृष्णको जन्म द्धापर युगमा भाद्र कृष्ण पक्ष अष्टमीको रातीको १२ बजे भएको थियो । रामको जन्म हुँदा चारैतिर उज्यालो थियो कृष्णको जन्म हुँदा अन्धकार थियो । रामको जन्म महालमा र कृष्णको जन्म जेलमा भएको थियो । राम श्याम वर्णका थिए भने कृष्ण कालो वर्णका थिए । (gnewsnepal बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.