सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अत्तरियाको तरकारी पसलमा स्थानियहरुको भिड , छैन कोरानाको डर !!

अत्तरिया – कैलाली जिल्लामा निषेधाज्ञा भएको आज एक हप्ता पुरा भएको छ ।

नयाँ भेरिन्ट सहितको कोरोना संक्रमण तिब्र गतिमा बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले यही बैशाख १६ गतेवटा बैशाख मसान्त सम्मका लागि निषेधाज्ञा गरी गरेको हो ।

एकतिर निषेधाज्ञा जारी छ भने अर्को तिर कोरोना संक्रमण झन झन आक्रमक रुपमा बढ्दै गइरहेको छ । तर अत्तरियामा भने न त कोरोनाको डर न त निषेधाज्ञाको पालना नै । अत्तरिया बजारमा रहेको तरकारी पसलमा स्थानियहरुको ठूलो भिड देख्न सकिन्छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

अत्तरियाको थोक तथा खुद्रा बिक्रि बितरण गर्दै आएका तरकारी पसलमा तरकारी खरिद बिक्रि गर्नेहरुको भिड लागेको छ ।

उनीहरु मध्ये धेरै जसो मास्कको समेत प्रयोग नगरेको पाइएको छ । कोरोना संक्रमण भएर अस्पतालमा ठाँउ र अक्सिजन नपाएर बिरामीहरु छट्पटाइरहेको बेला यसरी भिडभाड गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नुले झन ठूलो खतरा निम्तिने देखिएको छ ।

यस तर्फ स्थानिय प्रहरी प्रशासनको पनि ध्यान जान जरुरी देखिएको छ । (गोदावरी न्युज बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.