सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी सहितको टोलीद्धारा ग्यास उधोगको अनुगमन !!

अत्तरिया – सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी सहितको टोलीले धनगढीको एक मात्र अक्सिजन ग्यास उधोगको अनुगमन गरेको छन् ।

पछिल्लो समय कोरोना संक्रमण बढ्दै जादा अक्सिजनको अभाव हुन थालेपछि सामाजिक विकासमन्त्री सुवेदी सहित सामाजिक विकास समिति सभापति कुन्ति जोशी र प्रदेश सचिव रघुराम विस्टको टोलीले धनगढीमा रहेको मालिका ग्यास उध्धोगको अनुगमन गरेका हुन् ।

अनुगमनपछि मन्त्री सुवेदीले उधोगलाई पुरा क्षमता अनुसारको अक्सिजन उत्पादन गर्न निर्देशन दिएका छन् । उनले ग्यास सञ्चालनमा कुनै कठिनाई , पेश्की रकम, जनशक्तिको अभाव, विधुतिय समस्या आदि भएमा सामाजिक विकास मन्त्रालयमा खबर गर्न भनेका छन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यस्तै उनले सरकारी अस्पताल र कोभिड उपचार गर्ने अस्पताललाई पहिलो प्राथमिकतामा राखेर ग्यास वितरण गर्न निर्देशन दिए ।

विधुत सम्बन्धि समस्याका लागि महसुलमा प्रदेश सरकारबाट अनुदानको पहल गर्ने मन्त्री सुवेदीले प्रतिबद्धता जनाएका छन् । (गोदावरी न्युज बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.