सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अक्सिजन आपूर्तिका लागि सहकारीद्धारा अस्पताललाई आर्थिक सहयोग !!

कञ्चनपुर – मंगलबार विश्वव्यापी रुपमा तिब्रताका साथ फैलिएको दोस्रो चरणको कोरोना भाइरसले दिनप्रतिदिन संक्रमणको उच्च जोखिम बढ्दै गएको अवस्थामा महाकाली अस्पतालमा अक्सिजनको कमि भैरहेको यो परिस्थितिमा अक्सिजन आपूर्तिको लागि दुई सहकारीद्धारा अस्पताल लाई आर्थिक सहयोग गरेको छ।

मंगलबार उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं स्थापना दिवसको अवसरमा महाकाली अस्पताल लाई १ लाख ५० हजार र मेगा सहकारिले पनि १ लाख ५० हजार गरि तीन लाख रकम अस्पताल व्यवस्थापन समितिकाका अध्यक्ष कृष्णदत्त राज जोशी (बोक्सर) लाई अस्पताल परिसरमा उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पुर्ण बहादुर चन्दले हस्तान्तरण गरिएको उदयदेव संस्थाका कार्यकारी अधिकृत गणेश बहादुर चन्दले जानकारी दिनु भएको हो।

Sana Kishan

उनका अनुसार ’ २३ औं स्थापना दिवसको अवसरमा संस्थाले अक्सिजन आपूर्तिको लागि आर्थिक सहयोग , महामारीको यो विषम परिस्थीतिको अवस्थामा उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाका सेयर सदस्यहरु लाई कोरोनाको संकटमा पर्नु भयो भने उनको सहजताका लागि संस्थाले दिनको ५ सयका दरले १० दिन सम्म आर्थिक सहयोग समेत गर्ने र आगामी दिनमा पनि समय परिस्थिति हेरेर सहकारीले सक्दो सहयोग गर्ने समेत बताउनु भो।’  (बिकाश सिंह महताले setikalinews.com मा लेखेका छन्)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.