सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पर्सामा २ सय ७८ जनाले जिते कोरोना !!

वीरगन्ज : कोरोना संक्रमणको दोस्रो लहरमा पनि कोरोना महामारीको हटस्पट बनेको पर्सामा केही दिनयता निको हुनेको संख्या पनि बढ्दै गएको छ । दोस्रो सुरु भएयता चैत १५ देखि वैशाख २० (सोमबार) सम्म पर्सामा २ सय ७८ जनाले कोरोनालाइ जितेर निको भएका छन् ।

तीमध्ये नारायणी अस्पतालबाट डिस्चार्ज भएका ७० जना हुन् भने बाँकी २ सय ८ जना , होम आइसोलेसनमा बसेर निको भएकाहरु हुन् । चैत १५ गते देखि यता सोमबार सम्म अस्पतालमा भर्ना भइ उपचार गराएका र होम आइसोलेसनमा बसेका गरि २ सय ७८ जना कोरोना संक्रमण मुक्त भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्याक्ति विनय श्रीवास्तवले जानकारी दिए ।

यसअघि गत शुक्रबारसम्म वीरगन्जमा कोरोनबाट निको हुनेको संख्या २ सय २६ थियो । गत शनिबारदेखि सोमबारसम्म ३ दिनको अवधिमा मात्रै ५२ जना कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।

World Link Ads
Mahakali Polytechnic

नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासका अनुसार , अस्पतालमा गत चैत १५ देखि सोमबार बेलुकी सम्म १९० जना संक्रमित भर्ना भइ उपचार गराएका मध्ये सोमबार बेलुकी सम्म ७० जना डिस्चार्ज भएका हुन् ।

डाक्टर दासका अनुसार , नरायणी अस्पतालको आइसोलेसनमा अहिले ८३ जना संक्रमित उपचाररत रहेका छन् । अवस्था गम्भीर रहेकाले ती सबैलाई अक्सिजन लगाएर राखिएको डाक्टर दासले जानकारी दिए ।

Sana Kishan

नारायणी अस्पतालले जटिल अवस्थाका कोरोना संक्रमितलाइ मात्र भर्ना लिने गरेको छ । संक्रमण पुष्टि भएका तर लक्षण सामान्य भएका संक्रमितलाई भने होम आइसोलेसनमा बस्ने गरी घर पठाइ दिने गरेको डाक्टर दासले बताए ।

होम आइसोलेसनमा बसेका २०८ जना कोरोनामुक्त

यस्तै संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेका पर्साका संक्रमितमध्ये सोमबार बेलुकीसम्म २ सय ८ जना संक्रमण मुक्त भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्याक्ति विनय श्रीवास्तवका अनुसार संक्रमणको दोस्रो लहर सुरु भएयता (गत चैत १५ देखि यता वैशाख २० सम्म) सोमबार राति सम्म पर्सा जिल्लाका मात्र १ हजार ७ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ ।

ती मध्ये होम आइसोलेसनमा १ हजार ३ सय ५० जना संक्रमित बसेका छन् । होम आइसोलेसनमा बसेका मध्ये सोमबार बेलुकीसम्म २ सय ८ जना संक्रमण मुक्त भएका हुन् ।

श्रीवास्तवका अनुसार वीरगन्जका विभिन्न अस्पतालमा हाल १ सय ५७ जना संक्रमित उपचाररत छन् । नारायणी अस्पतालमा ८३ जना , नेशनल मेडिकल कलेजले बाबा होटलमा सन्चालन गरेको कोभिड अस्थायी अस्पतालमा ३५ जना , बयोधा अस्पतालमा १६ जना , वीरगन्ज हेल्थ केयर हस्पिटलमा १५ जना र गण्डक हस्पिटलमा ८ जना संंक्रमित उपचाररत छन् । (annapurnapost बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.