सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

उमेर अनुसार तपाईको उचार्ई र तौल कति हुनुपर्छ ?

मानिस कोहि अग्ला हुन्छन् कोहि होचा त्यस्तै कोहि मोटा हुन्छन भने कोहि दुब्ला । आज हामी उमेर अनुसार तपाईंको तौल र उचार्ई कति हुनुपर्ने हो भन्ने विषयमा जानकारी दिने छौँ ।

विश्व स्वास्थ्य संगठनका अनुसार जन्मदाको शिशुको उचाई कम्तिमा ४५ देखि ५० से.मी. को हुनुपर्दछ भने सो शिशुको उमेर १ वर्ष पुग्दा २५ से.मी. थप हुनु पर्दछ । दोस्रो वर्षमा १२.५ से.मीे. थप हुनु पर्दछ। यस्तै तेस्रो, चौथो र पाँचौ वर्षमा ७ देखि ९ से.मी.का दरले थपहुदै जानु पर्दछ । यसरी ‘वयस्क’ अवस्था सम्म आइपुग्दा महिलाको औसत ‘उचाई १ सय ६३ से.मी.अर्थात ५ फीट ३ इन्च’ र ‘पुरुषको औसत उचाइ १ सय ७६ से.मीे. अर्थात ५ फीट ७ इन्च’ भएको हुनु पर्दछ ।

यो मापदण्ड अनुसार उचाइ वृद्धि हुन नसकेको बालबालिका तथा वयस्कलाई पुड्के भनिन्छ । यस्तो खालको न्युन कुपोषणलाई दिर्घ कुपोषण पनि भनिन्छ पुड्के बाबु आमाबाट जन्मेको छोरा छोरी पनि पुड्को हुने सम्भावना धेरै हुन्छ । एक पटक भइसकेको पुड्कोपनालाई कुनै पनि उपचार पद्धति वा सन्तुलित आहारले अग्लो बनाउन सकिदैन । तसर्थ, ५ वर्ष भन्दा अगावै बालबालिकालाई पोषण युक्त खाना खुवाएमा मात्र उक्त समस्यालाई हल गर्न सकिन्छ ।

World Link Ads
Mahakali Polytechnic

उचाइ अनुसार तौल नबडेको अवस्थालाई ख्याउटेपन भनिन्छ । भोकमारी, कडा रोग जस्ता कारणबाट बालबालिकामा ख्याउटेपनको अवस्था उत्पन्न हुन्छ । यस्तो खालको न्युनपोषणलाई शिघ्र कुपोषण भनिन्छ । ६ महिना देखि ५ वर्ष सम्मका बालबालिकाको वाया पाखुराको माथिल्लो बीच भागको ओरी परीको मोटाई नाप्ने टेपको माध्यम द्वारा ख्याउटेपनको स्तर मापन गरिन्छ ।

१. विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार शिशू स्वस्थ जन्मदा पाखुराको मोटाई १० देखि ११ से.मी. हुनु पर्दछ । यस्तै जन्मेको १ वर्षमा १६ से.मी. हुनु पर्दछ ।

Sana Kishan

२. त्यसपछि प्रत्येकवर्ष ०.१५ से.मी.का दरले वृद्धि भई ५ वर्ष पुग्दा १७ से.मी. हुन्छ । शिशुको पाखुरा नाप्दा १२.५ से.मी. भन्दामाथी भएमा हरियो रंग अर्थात सामान्य अवस्था बुझ्न सकिन्छ भने १२.५ से.मी. भन्दा कम भएमा पहेलो रंग अर्थात मध्यम खालको कुपोषण र ११.५ से.मी. भन्दा कम भएमा रातो रंग अर्थात कडा कुपोषणको भनेर बुझ्न सकिन्छ ।

३. उमेर अनुसार हुनु पर्ने तौल नभएको अवस्थालाई नै कमतौल भनेर बुझ्नु पर्दछ । यसको मापन उमेर र उक्त उमेरमा हुनु पर्ने तौलको आधारमा गरिन्छ ।४. विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार जन्मदा शिशुको तौल २.५ देखि ३.४ के.जी. हुनु पर्छ । पहिलो ५ महिनामा जन्मदाको भन्दा दोब्बर हुनु पर्दछ भने १ वर्षमा तेब्बर हुनु पर्दछ ।

५. यस्तै दोस्रो वर्षमा २.५ के.जी. थपहुनु पर्दछ भने तेस्रो, चौथो र पाँचौ वर्षमा २, २ केजी का दरले थपहुदै जानु पर्दछ । सो अनुसार नभएको अवस्थालाई कमतौल भनिन्छ ।६. वयस्क मानिसको हकमा भने उचाई अनुसार तौल छ वा छैन भनी जाचेर मात्र उनको तौल ठीक छ वा छैन भनेर थाहा पाइन्छ । सो जाच्नका लागि ‘वडि मास इन्डेक्स वीएमआइ’को प्रयोग गरिन्छ ।

७. ‘वीएमआई’ भनेको शरीरको उचाई र तौल बीच तादम्यता मापन गर्ने सुचक हो । यस बाट मानिसको कम, सामान्य, अधिक तौल र मोटोपनको अवस्था मापन गरिन्छ । शरीरमा हुने दिर्घकालीन शक्तिकमीको मापन पनि यसै बाट गरिन्छ ।

८. उचाईको आधारमा शरीरमा भएको तौलमापन गरी कस्तो खालको कुपोषण हो भन्ने पत्ता लगाइन्छ । वयस्क मानिसको वीएमआइ १८.५ भन्दा कम भएमा कम तौल, १८.५ देखि २४.९९ सम्म भएमा सामान्य, २५ देखि २९.९९ सम्म भएमा अधिकतौल र ३० भन्दा बढि भएमा मोटोपन भन्ने बुझिन्छ । ‘वीएमआई’ पत्ता लगाउन व्यक्तिको शरीरको तौल (केजीमा) लाई सोही व्यक्तिको उचाई (मिटरमा) निकाली त्यसलाई वर्ग गरी भाग गर्दा ‘वीएमआई ’निस्कन्छ । (gnewsnepal बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.