सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शरीरमा पौष्टिक तत्व प्रदान गर्ने अण्डाको पहिलों भाग खानु हुन्छ कि हुँदैन

अण्डालाई शरीरमा पौष्टिक तत्व प्रदान गर्ने खानाकोरुपमा लिइन्छ । सन्तुलित भोजनमा पनि अण्डा खान सल्लाह दिइन्छ । प्रोटिन प्राप्त गर्नका लागि अण्डा जस्तो राम्रो खानेकुरा केही पनि हुँदैन भन्दा पनि हुन्छ ।

शरीरमा तागत चाहिएमा प्रोटिनले भरपुर अण्डा खानु उत्तम नै हुन्छ । विहानको नास्ता वा रातको खाना समेत अण्डा उत्तम हुन्छ । अण्डा खाएरै पनि पेट भर्न सकिन्छ ।

कतिपय शोधले नियमित अण्डा खाँदा मुटुको रोगको खतरा कम हुन्छ । तर खासमा कुरा मात्र यत्तिमा रोकिँदैन । अण्डाको पहेँलो भाग खान हुने कि नहुने भन्ने विषयमा धेरै अघि देखि वहस हुँदै आएको छ ।

World Link Ads
Mahakali Polytechnic

स्वास्थ्यको दृष्टिले अण्डाको पहेंलो भाग नखानु राम्रो मानिन्छ । किन भने अण्डाको पहेंलो भागमा सेतो भागमा भन्दा बढी चिल्लो पदार्थ हुन्छ । यसमा ब्याड कोलस्टेरोलको मात्रा पनि उच्च हन्छ । यसमा स्याचुरेटेड फ्याट पनि उच्च मात्रामा हुन्छ ।

Sana Kishan

नियमित अण्डा खाने बानी छ ? यो पढेपछि छोड्नु हुन्छ
एउटा अण्डाको पहेंलो भागमा सामान्यरुपमा ५५ क्यालोरी हुन्छ । ४.५ फ्याट र १.६ स्याचुरेटेड फ्याट, २१० एमजी कोलस्टोरेल, ८ एमजी सोडियम र २.७ प्रोटिन हुन्छ ।

जवकी सेतो भागमा भने क्यालोरी निक्कै कम हुन्छ र चिल्लो भाग पनि कम हुन्छ । सेतो भागमा प्रोटिन भने राम्रो हुन्छ । यो भागमा ४ ग्राम प्रोटिन हुन्छ, ५५ एमजी सोडियम र केवल १७ क्यालोरी हुन्छ ।

चाउचाउ खाने बानी छ ? एक पटक यो पढ्नुस्
तर डेलीबर्न वेबसाइटका अनुसार अण्डाको पहेंलो भाग नखाँदा प्रोटिनबाट बन्चित भइन्छ । त्वचाको लागि अण्डाको पहेंलो भाग निक्कै राम्रो मानिन्छ । भिटामिन पनि उच्च मात्रामा पाइन्छ ।

स्वस्थ र कोलेस्टोरल रहित शरीरको लागि अण्डाको पहेंलो भन्दा सेतो भाग खानु राम्रो हुन्छ । किन भने पहेंलो भागमा कोलस्टेरोलको मात्रा उच्च हुन्छ । (gnewsnepal बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.