सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको पाटन नगरपालिका वडा नं १० मा कोरोना जोखिम नियन्त्रणको लागि टोल समिती गठन !!

बैतडीको पाटन नगरपालिका वडा नं १० मा कोरोना जोखिम नियन्त्रणको टोल समिती गठन गरिएको छ । कोरोनाको जोखिम नियन्त्रण गर्नको लागि टोलमा सतर्कता अपनाउन प्रेरीत गर्नकोलागि समिति गठन गरिएको हो । आज वडा कार्यालयमा वडा अध्यक्ष देवेन्द्र कुवँरको अध्यक्षतामा बसेको सर्बपक्षिय बैठकबाट साबिकका ९ वटै वडाहरुको टोल समिति गठन गरिएको हो ।

उक्त बैठकबाट कोरोनाको जोखिमबाट बच्नको लागि भारत तथा अन्य संक्रमित क्षेत्रबाट आएकाहरुलाई अनियवार्य होम क्वारेन्टाइनमा बस्न सल्लाह दिने र परिवारबाट कार्यान्वयन गराउने, होम आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्था अनुसार उपचारको लागि ब्यवस्था मिलाउन सम्बन्धित निकायद्धारा पहल चाल्ने लगायतका कार्यक्रमहरु सञ्चालन गरिने वडा अध्यक्ष देवेन्द्र कुवँरले जानकारी दिनुभयो ।

Sana Kishan

यसैगरी स्वास्थ्य स्वयमसेविकाद्धारा गाँउगाँउमा सचेतना फैलाउने कार्यक्रम पनि रहेको उहाले बताउनुभयो ।बिसेसगरी बाह्य क्षेत्रबाट आएकाहरुलाई अनिवार्य होम क्वारेन्टाइनमा बसाउन प्रेरीत गर्ने, संक्रमितको सम्पर्कमा आएकाहरुलाई परिक्षण गराउन लगाइने छ ।

World Link Ads
Mahakali Polytechnic

आजको बैठकमा वडाअध्यक्ष लगायत सबै जनप्रतिनिधि, सुरक्षा नियकाका प्रतिनिधि, बिद्यालयका प्रधानाध्यापक, स्वास्थयकर्मी राजनितिककर्मी, समाजसेवि, लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । (कृष्ण बिष्टले radio7star मा लेखेका छन्)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.