सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सरकारी पूर्व तयारीको अभावका कारण दिन दुईगुना चार चौगुना जस्तै कञ्चनपुरका नागरिक ज्यान गुमाउँदै !!

कोरोना महामारी रोकथाम एव सरकारी पुर्व तयारी अभावका कारण कञ्चनपुरका नागरिक दिन दुईगुना चार चौगुना जस्तै दैनिक ३ देखि ६ जना ज्यान गुमाईहरेका छन । छिमेकी मुलुक भारत कोरोना महामारीबाट आक्र्रान्त भईरहेका बेला नेपाल सरकारले तयारी नगरेकै कारण नागरिक हातहाती भईरहेका छन ।

रुघाखोकी, ज्वँरो,स्वाँश प्रश्वास सहितको समस्या भएका बिरामी अक्सिजन नपाएर धमाधम ज्यान गुमाईरहेका छन । गत बर्ष कोरोना महामारीका बेला राम भरोसामा बाँचेका कञ्चनपुरका नागरिक यस बर्ष बढि हानिकारक भाईरस भएकाले अक्सिजन नपाएका कारण धमाधम ज्यान गुमाईरहेका छन ।

समान्य स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल पुगेका नागरिक निको भएर फर्किने कल्पना मात्र भईरहेको छ । बिरामी भएर अस्पताल पुग्यो । सकभर बेड नपाईने, अति सिकिस्त भए आईसियू बेड नपाईने पाईहाले अक्सिजन नपाईने, कतै रिर्फर गर्नुपरे, अक्सिजन सहितको एम्बुलेन्स नपाईने समस्याले नागरिक अस्पतालबाटै चिहानघाटमा पुग्ने अवस्था सृजना भएको छ । मानिस बिरामी भएर सन्चो हुने अस्पताल हो, तर अस्पतालमा भर्ना भएका कोरोना संक्रमित निको भएर घर फर्किनु भन्दा घरमा मृत्युको खबर मात्र आईरहेको छ ।

World Link Ads
Mahakali Polytechnic

शनिबार बिरामी भएकी भीमदत्त नगरपालिका ७ हल्दुखालकी ५५ बर्षिया महिला उपचारका लागि अस्पताल गईन । बिहानदेखि दिउँसोसम्म अक्सिजन नपाएर छटपटाईन, साँझदेखि पाएको अक्सिजनले काम गर्न छाडेपछि उनको आइतबार बिहान निधन भयो । भीमदत्त नगरपालिका ७का वडाध्यक्ष शंकर कुँवरले बिरामी भएकी ५५ बर्षिया महिलाको उपचारका लागि आफुले समेत अस्पतालमा अक्सिजनका लागि कुरा गरेको ढिलो गरि अक्सिजन पाईएको शनिबार बिरामी भएकी भीमदत्त नगरपालिका ७हल्दुखालकी ५५ बर्षिया महिला उपचारका लागि अस्पताल गईन । बिहानदेखि दिउँसोसम्म अक्सिजन नपाएर छटपटाईन, साँझदेखि पाएको अक्सिजनले काम गर्न छाडेपछि उनको आइतबार बिहान निधन भयो । भीमदत्त नगरपालिका ७ का वडाध्यक्ष शंकर कुँवरले बिरामी भएकी ५५ बर्षिया महिलाको उपचारका लागि आफुले समेत अस्पतालमा अक्सिजनका लागि कुरा गरेको ढिलो गरि अक्सिजन पाईएको बताए । ‘जतिबेला बिरामीलाई अक्सिजन चाहिएको थियो, उतिबेला पाईून, ‘उनले भने, ‘धेरै ढिलोगरि पाईयो, तर उनी बाँचिनन् ।’ आइतबार नै निधन भएका भीमदत्त नगरपालिका १८ जानकी टोलका ४७ बर्षिया निमोनियाका एक बिरामीले समेत शुरुमै अक्सिजन पाएनन । निमोनियाबाट ग्रसित उनले साताका लागि औषधी सेवन गर्दैै थिए, एक्कासी निरन्तर खोकीलागेपछि उपचारका लागि महाकाली अस्पताल गएका थिए ।

Sana Kishan

अस्पतालमा शुरुकै दिन अक्सिजन पाएनन, दोस्रो दिन आईसियू बेडमा भर्ना गरेका उनको तेस्रो दिन मृत्यु नै भएको आफन्तले बताएका छन । भीमदत्त नगरपालिका ३खैरेनीका ९२ बर्षिया बृद्ध र दोधाराचाँदनी नगरपालिका १० दोधाराका ३४ बर्षिया पुरुषको समेत ज्यान गएको छ । दुई दिनमा कञ्चनपुरका ८ नागरिकले अक्सिजन अभावका कारण ज्यान गुमाएका छन । आइतबार कञ्चनपुरका ६जना नागरिकले स्वदेश तथा विदेशी भूमिका ज्यान गुमाएका छन । भने सोमबार बिहानै दुई नागरिकले ज्यान गुमाएका हुन । भीमदत्त नगरपालिका १९ का ३६ बर्षिया पुरुष र भीमदत्त नगरपालिका १३ बडैपुरकी ७२ बर्षिया महिलाको मृत्यु भएको हो । दुवै जनामा श्वाँस प्रश्वासको समस्या थियो । तर, अस्पताल लगेकै दिन मृत्यु भएको छ ।

भारतमा मजदुरी गर्दै आएका भीमदत्त नगरपालिका १३ बडैपुरका एक युवकको कोरोनाका कारण भारतमा ज्यान गएको आफन्तले बताएका छन । तर, मृतक कुनैको पनि ट्रभल हिस्ट्री नहुँदा कोरोना महामारी बढिरहेको छ ।

स्वास्थ्य अधिकारलाई संविधानले नागरिकको आधारभूत अधिकार भित्र राखेपनि समयमै उचित उपचार नभएका कारण कञ्चनपुरका नागरिकले धमाधम ज्यान गुमाउँदा समेत अक्सिजन, थप अस्पताल निर्माण एव प्रभावकारी रुपमा कोरोना रोकथामका लागि कसैलाई चिन्ता र चासो नभएको नागरिक समाजका अगुवाको चिन्ता छ । मुलुकमा तीन सरकार सकृय छन, तर सीमावर्ती कञ्चनपुरका नागरिकको स्वास्थ्य बारे कसैलाई चिन्ता र चासो नदिएको महाकाली अस्पतालमा अक्सिजन प्लान्ट प्रबन्ध नहुँदा नागरिक ज्यान गुमाउन बाध्य भएका छन । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले हाललाई अस्पताल अक्सिजन भएको र आइतबार मात्रै ६० थान सिलिण्डर अक्सिजन आएको बताए । आएको मध्ये एकै दिन ४०सिलिण्डर खपत भएको छ । बिरामीको चाप बढेसंगै अस्पतालमा अक्सिजनको अभाव भईरहेको छ ।

‘कोरोना रोकथामकै लागि अस्पतालले जनशक्ति समेत माग गरेको छ, ‘उनले भने, ‘केन्द्र र प्रदेश सरकारले अस्पतालमा स्रोत साधन व्यवस्थापनमा चासो दिएको छै ।’ अध्यक्ष जोशीले कोरोना महामारीका बेला अस्पताललाई सहयोग गर्न समेत स्थानीय सरकार सरोकारवाला पक्षसंग आग्रह गरेका छन । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार आइतबार पनि थप ९५जनामा कोरोना पृष्टी भएको छ  । (janasarokarpost.com बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.