सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गर्मी मौसममा अण्डा खाने कि नखाने ?

प्रोटीनले भरपूर अण्डा स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । त्यसैले स्वास्थ्यविद्हरू दिनको एउटा अण्डा खान सल्लाह दिन्छन् ।तर गर्मीमा अण्डा खाने विषयमा मानिसहरू भ्रममा रहन्छन् । यसको प्रकृति तातो हुनाले गर्मीमा यो ठीक हुँदैन कि भन्ने सोच मानिसहरूमा देखिन्छ ।

तर यो गर्मीमा पनि खान हुन्छ । दिनदिनै नखाएपनि हप्तामा तीनपटक अण्डा खाए हुन्छ । जिम जानेहरूले अण्डाको सेतो भाग मात्र खानुपर्छ किनकि पहेंलो भाग बढी तातो हुन्छ । अनि एकपटकमा तीनवटा भन्दा बढी अण्डा खान हुँदैन किनकि यसले अपच, छटपटी र आन्द्रामा समस्या ल्याउँछ ।

Sana Kishan

ब्रेकफास्टमा दिनहुँ दुईवटा उमालेका अण्डा खानुस् । मिज जानेहरूले काँचो अण्डालाई दूधमा मिसाएर पनि खान सक्छन् । अण्डाको योकले गम्भीर रोगहरूबाट बचाउँछ । अण्डामा भएको भिटामिन बी–१२ ले डिप्रेसन र चिन्ता हटाउँछ ।

World Link Ads
Mahakali Polytechnic

यसमा भएको पोषक तत्त्वले आँखाको तेज बढाउँछ र स्मरणशक्ति पनि बलियो पार्छ । यसले मुटुरोग पनि लाग्न दिँदैन । अण्डाको पहेंलो भागले प्राकृतिक कन्डिसनरको काम गर्छ । अण्डा खाँदा दिनभरि स्फूर्तिको अनुभव हुन्छ र कार्यक्षमता बढ्छ । तौल बढाउन वा घटाउन अण्डा उपयोगी हुन्छ । (gnewsnepal बाट सभार)

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.