सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कोरोनाभाइरस भ्याक्सिन लगाएपछि खानै पर्ने पाँच खाना !

कोरोनाभाइरस भ्याक्सिन अब धेरैले लगाइसकेका छन् । नेपालमा पनि कोरोना भ्याक्सिन लगाउनेको संख्या बढ्दो छ । यहीबीच केही मानिसहरुले कोरोनाभाइरस भ्याक्सिन लगाएपछि आफ्नो शरीरमा केही परिवर्तन आउने गरेको पनि बताउन थालेका छन् ।

त्यसलाई केहीले कोरोनाभाइरस भ्याक्सिनको साइड इफेक्टको संज्ञा पनि दिएका छन् । केहीलाई कोरोनाभाइरस भ्याक्सिन लगाएपछि ज्वरो आउने, शरीर दुख्ने जस्ता समस्या पनि देखिने गरेको छ ।

हार्वर्ड विश्वविद्यालयकी एक न्युट्रिसियन डा. उमा नायडूले कोरोनाभाइरसको भ्याक्सिन लगाएपछि हुने साइड इफेक्टबाट बच्न खाने कुराहरुबारे जानकारी दिएकी छिन् ।उनले सामाजिक सन्जालमा लेखेको आधारमा यो सामग्री तयार पारिएको हो ।

World Link Ads
Mahakali Polytechnic

उनका अनुसार कोरोनाभाइरस भ्याक्सिन लगाएपछि हरियो सागसब्जीलाई आफ्नो खानामा प्राथमिकता दिनु पर्छ । पालक, काउली, ब्रोकाउली, सागपातहरु जस्ता खानेकुराले शरीरलाई रोगविरुद्ध लड्न सहयोग गर्ने उनले बताएकी छिन् ।

Sana Kishan

त्यस्तै, प्याज खानु पर्ने पनि उनले त्यो पोस्टमा लेखेकी छिन् । प्याजले लू लाग्नबाट बचाउने मात्र होइन, रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने उनले लेखेको पोस्टमा उल्लेख गरिएको छ ।

उनले खानै पर्ने अर्को खानेकुरामा लसुनलाई उल्लेख गरेकी छिन् । लसुनमा हुने क्याल्सियम, आइरन, कपर, पोटासियम, फस्फोरसले शरीरलाई निकै फाइदा पुग्ने उनले उल्लेख गरेकी छिन् ।

त्यस्तै, उनले बेसार पनि खानामा समावेश गर्नु पर्नेमा जोड दिएकी छिन् । रोेगसँग लड्न बेसारले निधै सहयोग गर्ने र यसले मस्तिष्कलाई पनि स्वस्थ बनाउने उनले उल्लेख गरेकी छिन् । (gnewsnepal बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.