सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कारभित्र मृत फेला परेका बालकहरूको पहिचान खुल्यो !!

काठमाडौँ – दाङमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेटको कारभित्र मृत फेला परेका तीन बालकहरूको पहिचान खुलेको छ । उनीहरू सबै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बरूवा गाउँका हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार कारभित्र मृत भेटिएका स्थानीय किरण परियारका छोरा ६ वर्षीय करण परियार तथा स्थानीय सन्तोष परियारका छोरा ७ वर्षीय सुवास भनिने सुवर्ण परियार र सोही ठाउँका स्थानीय भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्दिप परियार हुन् ।

Sana Kishan

अभिभावकहरूले आफ्ना छोराहरू वैशाख १६ गतेदेखि हराइरहेको बताएका छन् । उनीहरूले १७ गते प्रहरी कार्यालयमा छोराहरू खोजिदिन निवेदन पनि दिएका थिए।

World Link Ads
Mahakali Polytechnic

सो घटनाबारे अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन । घटना कसले र किन ग¥यो भन्ने अनुसन्धान भइरहेको छ । कार धनी यादवप्रसाद गैरे रहेको पत्ता लागेको छ । उनलाई अनुसन्धानका लागि झिकाइएको प्रहरीले बताएको छ । (उपहार खबर बाट सभार)

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.