सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एमालेको १० औं महाधिवेशन कार्यतालिका सार्वजनिक !!

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न १० औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । आउँदो २ देखि ६ मंसिरसम्म तोकिएको महाधिवेशनका लागि एमालेले कार्यतालिका सार्वजनिक गरेको छ ।

गत ६ , १० र १२ वैशाखमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले गरेका निर्णय अन्तरपार्टी निर्देशनमा कार्यतालिकाबारे उल्लेख गरिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशनमा वडादेखि केन्द्रसम्मको अधिवेशनबारे उल्लेख गरिएको छ ।

वडा अधिवेशन ५ भदौ, पालिका अधिवेशन १५ भदौ, जिल्ला अधिवेशन ३० भदौ र २३ असोजमा प्रदेश अधिवेशनको कार्यतालिका रहेको छ । सम्बन्धित तहका अधिवेशन सम्पन्न भएपछि प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीलाई अद्यावधिक गरिनेछ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

२३ फागुनमा सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्युँताउने निर्णय गरी एमाले ब्युतिँएपछि पार्टीमा भएका निर्णयको जानकारी गराउँदै अध्यक्ष ओलीले अन्तरपार्टी निर्देशन जारी गर्दै त्यसको कार्यान्वयनका लागि पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

Dirghayu Ads

जारी निर्देशनमा अध्यक्ष ओली आफ्नो राजनीतिक प्रतिवेदन, महासचिवले तयार पारेको संगठनात्मक प्रतिवेदन, स्थायी कमिटीको गठन, पार्टीमा भएका अनुशासन कारबाहीलगायत समावेश गरेका छन् ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको उपस्थितिबिना बालुवाटारमा बसेको बैठकमा उपप्रधानमन्त्री एवं महासचिव ईश्वर पोखरलद्वारा संगठनात्मक प्रस्ताव प्रस्तुत गरिएको थियो । पोखरेलको प्रस्तावलाई बैठकले सुझावसहित पारित गरेको थियो । (उपहार खबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.