सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जिल्लामा लकडाउन गर्ने सिडिओको संकेत !!

बैतडीमा लकडाउन गर्नुपर्ने अवस्था आएको छ । कोरोनाका सक्रिय बिरामीहरु २ सय पुगेको अवस्थामा लकडाउन गर्नुपर्ने प्रावधान ल्याएसँगै बैतडी जिल्लालाई पनि लकडाउन गर्नुपर्ने अवस्था आएको हो । अहिले जिल्लामा १८७ जना कोरोनाका सक्रिया बिरामीहरु छन ।
प्रमुख जिल्ला अधिकारी राजेन्द्र देवपाण्डेले पनि बैतडीमा पर्षीदेखि (२० गते देखि) लकडाउन गर्नुपर्ने अवस्था आएको जानकारी दिनुभयो । स्वास्थ्यका मापदण्डहरु पालना नभएको, जथाभावी घुमफिर गर्ने क्रम नरोकिएकाले भोली बस्ने डिसिसीएमसीको बैठकबाट निषेधाज्ञा लगाउने निर्णय हुने जानकारी दिनुभयो । “भोली बस्ने बैठकमा लकडाउन गर्नुपर्ने एजेन्डा पहिलो हुने छ, किनकी संक्रमणको अवस्था र लापर्वाही बढकोले लकडाउन आवस्यक भैसक्यो ।” प्रमुख जिल्ला अधिकारी पाण्डेले सेभेनस्टार सँग भन्नुभयो ।

Sana Kishan

बैतडीलाई पुर्णरुपमा लकडाउन गर्नुपर्ने चौतर्फी दबावपनि बढेको छ ।
सरकारले तराईका जिल्लामा ५ सय र पहाडी जिल्लामा २ सय कोरोनाका बिरामीहरु रहेको अवस्थामा निषेधाज्ञा गर्नु पर्ने प्रावधान ल्याएको थियो । (radio7star बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.