सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाललाई चीनले २० हजार थान अक्सिजन सिलिन्डर सहयोग गर्ने !!

काठमाडौं । चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर सहयोग गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले कोरोनाका बिरामीलाई अक्सिजन अभाव नहोस भन्नका लागि नेपालको आग्रह पछि चीनले २० हजार थान अक्सिजन सिलिन्डर सहयोग गर्न लागेको बताए ।

उनले भने “अबको १० दिनसम्ममा नेपालमा २० हजार थान अक्सिजन सिलिन्डर आइपुग्छ । ”चिनियाँ विदेशमन्त्री वाङ यीले दक्षिण एसियाली मुलुकका विदेशमन्त्रीहरुसँग आयोजना गरेको सामूहिक छलफलका क्रममा नेपाललाई ५० लाख आरएमबी (९ करोड १८ लाख बढी) को बराबरको स्वास्थ्य सामग्री दिने घोषणा गरेको थियो ।

Sana Kishan

यसैगरी ,गत साता सरकारले नेपालका अक्सिजन उद्योगका प्रतिनिधिहरुको छलफल पछि २० हजार थान सिलिन्डर खरीद गर्ने र त्यसको सोधभर्ना सरकारले गरिदिने बताएको थियो । (meronews.com बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.