सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुर जिल्लामा एकैदिन ६ जना संक्रमितको मृत्यु ,२ दिनमै ट्राभल हिस्ट्रि नभएका ७ जनाको मृत्यु

महेन्द्रनगर । कंचनपुरमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–१८ का ५२ वर्षीय पुरुष, भीमदत्त नगरपालिका–१४ की ४८ बर्सिया महिलाको महाकाली अस्पतालमा मृत्यु भएको छ । यस्तै, भीमदत्त नगरपालिका–१८ का एक ६८ वर्षीय पुरुषको होम आइशोलेसन मृत्यु भएको र दोधारा चाँदनीको एक बिधालयमा शिक्षक पेशामा कार्यरत रहेका शिक्षक डडेल्धुराकाको परशुराम नगरपालिका–११ सलेताका ३४ वर्षीय पुरुषको डडेल्धुरा अस्पतालमा उपचारको लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले बताए ।

सेती अस्पतालमा उपचाररत २ जनाको पनि मृत्यु भएको छ । शनिबार सेती प्रादेशिक अस्पतालमा उपचाररत थप २ जना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का ३२ वर्षीया पुरुष र बेल्डाडी गाउँपालिका–१ का ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । भीमदत्त नगरपालिका–१८ का ३२ वर्षीय पुरुषलाई बैशाख ५ गते कोरोना भाइरस पुस्टि भएको थियो। उनको शनिबार दिउँसो १ बजे मृत्यु भएको हो । त्यस्तै बेल्डाडीका ५५ वर्षीय पुरुषको शनिबार दिउँसो २ बजे मृत्यु भएको सूचना अधिकारी जोशीले बताए ।

Sana Kishan

यो सहित कञ्चनपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ १ हप्ता यता ७ जना मृतकहरुको कुनै पनि ट्राभल हिस्ट्रि नरहेको अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले बताए । पछिल्लो २ दिनमै ट्राभल हिस्ट्रि नरहेका ७ जनाको मृत्यु भईसकेको उनले बताए ।

World Link Ads
Mahakali Polytechnic

समुदाय स्तरमा फैलिएको कोरोनाका कारणले धेरैको संख्यामा मृत्यु भईरहेको छ । कञ्चनपुरमा अहिले कोरोना समुदाय स्तरमा फैलिएको स्वास्थ्य सुरक्षाको मापपदण्डको पालना गरी सुरक्षित हुन चिकित्सकहरुले आग्रह गरेका छन् । (मानसखण्ड बाट सभार)

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.